भाष्कर के.सी. फागुन ४, कञ्चनपुर । महाकाली अञ्चलकै सर्वाधि धनराशि क्रिकेट कप माघ ११ बाट शुरु भएको प्रतियोगिता सुदूरपश्चिमाञ्चल विश्वविद्यालय व्यवस्थापन संकाय विद्यार्थी कल्याण समाज द्धारा गरिएको ‘‘एफ.यु. कप २०७२ टी–२०’’ क्रिकेट लिग आज समपन्न भएको छ ।
उक्त प्रतियोगितामा १४ टिम सहभागी भएका थिए जसमा आर्दश विद्या निकेतन, लिटिल बुद्ध एकेडेमी, सनराइज उच्च माध्यमिक विद्यालय, बेष्टन पब्लिक उच्च माध्यमिक विद्यालय, इन्टरेनश्नल बोडि¨ उच्च माध्यमिक विद्यालय, एमेटी कलेज, शिद्धनाथ विज्ञान क्याम्पस, कञ्चन कलेज , अनिरुद्र उ.मा.माध्यमिक विद्यालय, एफ.यु.एम.एस.डब्लु.एस, एफ.यु १, एफ यु, सारदा विद्यापिठ र जन ज्योति बहुमुखी क्यामपस सहभागी रहेका थिए ।
सेमीफाइनलमा सारदा उच्च माध्यमिक विद्यालय माथि विजयी हासिल गरी आर्दश विद्या निकेतन र त्यसै गरी सनराईज उच्च माध्यमिक माथि विजयी हासिल गरी सुदूरपश्चिमाञ्चल विश्वविद्यालय फाइनलमा पुगेका थिए । आज भएको प्रतियोगितामा टस जितेर पहिले व्याटिङ रोजेको आर्दश उच्च मावि निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । १४० रनको लक्ष्य पछ्याएको एफयू म्यानेजमेन्ट स्टुडेन्ट वाइल्डफेर सोसाइटी १९.२ ओभरमा १०४ रन जोड्दै अलआउट भएको हो ।
यस संगै आर्दश विद्यानिकेतनले रु.१लाख ११हजार १सय ११ हात पर्न सफल भएको छ भने सुदुरपश्चिम विद्यालयले रु ५५हजार ५सय ५५ मा चित बझाउनु परेको छ । प्रतियोगिताको म्यान अफ द म्याच दिनेश चन्द भएका छन ।