Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बालबालीका कुटपिट गर्नेलाई राजनीतिक नेताको दवावमा छाडियो

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

जेठ ७, कञ्चनपुर  | महेन्द्रनगरका दुई बालबालिका कुटपिट गर्नेलाई प्रहरीले राजनीतिक दलका नेताको दवावमा छाडिएको छ ।

भीमदत्त नगरपालिका ५ बनखेत बस्ने माधव सिह विष्टका दुई सन्तानलाई कुटपिट गर्ने राजेन्द्र महरा र बिन्दु महरालाई एमाले नेताको दवावमा छाडेको हो । उनीहरुलाई मध्यरात प्रहरीले छाडेको प्रहरी स्रोतले जनाएको छ ।

श्रीमान श्रीमती महरा दाम्पतिले १३बर्षिय धन बहादुर विष्ट र १४बर्षिय राजेन्द्र सिह विष्टलाई शनिबार साँझ कुटपिट गरेको हो । ढल निकासको पाईपको विषयमा आक्र्रोसित भएका महरा दाम्पतीले विष्टको घरमै गएर बालबालिका माथी कुटपिट गरेको पीडित परिवारले जनाएका छन् ।

घरमा अभिभावक नभएको मौकामा म करोडपति र तिमीहरु रोडपति भन्दै अध्ययन गरिरहेकै अवस्थामा बालबालिकामाथी कुटपिट गरेका छन् । कुटपिटबाट दुवै बालबालिकाको छाति, कम्मर, हातमा चोट लागेको छ । दुवै बालबालिकाको महाकाली अञ्चल अस्पतालमा उपचार पछि घर गएका छन् ।

बालबालिकको अधिकारका लागि भन्दै सरकारी तथा गैर सरकारी संस्था सकृय भएपनि सदरमुकाकै बालबालिका यसरी पढिरहेकै अवस्थामा बालबालिक कुटपिट हुँदा समेत चुप लागेर बसेका छन् । धन बहादुर विष्ट कक्षा ८ र राजेन्द्र विष्ट कक्षा १०मा कञ्चन विद्या मन्दिरमा अध्ययनरत छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रकास बहादुर चन्दले बालबालिका कुट्नेलाई आपसी समझदारीमा छाडेको बताए । बालकालिका कुटिदा समेत प्रहरीले कार्बाही गर्नुको साटो उल्टै मिलोमतो गराउन देखिएपछि बालबालिकाको अधिकार सुरक्षित गर्न प्रहरी नै निरिह देखिएको चौतफि टिप्पणी भएको छ ।