२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बालबालीका कुटपिट गर्नेलाई राजनीतिक नेताको दवावमा छाडियो

७ जेष्ठ २०७४, आईतवार १३:३२

जेठ ७, कञ्चनपुर  | महेन्द्रनगरका दुई बालबालिका कुटपिट गर्नेलाई प्रहरीले राजनीतिक दलका नेताको दवावमा छाडिएको छ । 

भीमदत्त नगरपालिका ५ बनखेत बस्ने माधव सिह विष्टका दुई सन्तानलाई कुटपिट गर्ने राजेन्द्र महरा र बिन्दु महरालाई एमाले नेताको दवावमा छाडेको हो । उनीहरुलाई मध्यरात प्रहरीले छाडेको प्रहरी स्रोतले जनाएको छ । 

श्रीमान श्रीमती महरा दाम्पतिले १३बर्षिय धन बहादुर विष्ट र १४बर्षिय राजेन्द्र सिह विष्टलाई शनिबार साँझ कुटपिट गरेको हो । ढल निकासको पाईपको विषयमा आक्र्रोसित भएका महरा दाम्पतीले विष्टको घरमै गएर बालबालिका माथी कुटपिट गरेको पीडित परिवारले जनाएका छन् । 

घरमा अभिभावक नभएको मौकामा म करोडपति र तिमीहरु रोडपति भन्दै अध्ययन गरिरहेकै अवस्थामा बालबालिकामाथी कुटपिट गरेका छन् । कुटपिटबाट दुवै बालबालिकाको छाति, कम्मर, हातमा चोट लागेको छ । दुवै बालबालिकाको महाकाली अञ्चल अस्पतालमा उपचार पछि घर गएका छन् । 

बालबालिकको अधिकारका लागि भन्दै सरकारी तथा गैर सरकारी संस्था सकृय भएपनि सदरमुकाकै बालबालिका यसरी पढिरहेकै अवस्थामा बालबालिक कुटपिट हुँदा समेत चुप लागेर बसेका छन् । धन बहादुर विष्ट कक्षा ८ र राजेन्द्र विष्ट कक्षा १०मा कञ्चन विद्या मन्दिरमा अध्ययनरत छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रकास बहादुर चन्दले बालबालिका कुट्नेलाई आपसी समझदारीमा छाडेको बताए । बालकालिका कुटिदा समेत प्रहरीले कार्बाही गर्नुको साटो उल्टै मिलोमतो गराउन देखिएपछि बालबालिकाको अधिकार सुरक्षित गर्न प्रहरी नै निरिह देखिएको चौतफि टिप्पणी भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो