जेठ ८, गुलरिया (बर्दिया) | निकुञ्ज, मध्यवर्ती क्षेत्र र जैविकमार्गमा निर्माण गरिने भौतिक संरचनाको डिजाइन तयार गर्दा वन्यजन्तुको निर्वाध आवागमनमा प्रतिकूल अस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ ८, गुलरिया (बर्दिया) | निकुञ्ज, मध्यवर्ती क्षेत्र र जैविकमार्गमा निर्माण गरिने भौतिक संरचनाको डिजाइन तयार गर्दा वन्यजन्तुको निर्वाध आवागमनमा प्रतिकूल अस"/>

२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दिया राष्ट्रिय निकुञ्जलाई वन्यजन्तुमैत्री बनाइने

८ जेष्ठ २०७४, सोमबार ०५:१५


जेठ ८, गुलरिया (बर्दिया) | निकुञ्ज, मध्यवर्ती क्षेत्र र जैविकमार्गमा निर्माण गरिने भौतिक संरचनाको डिजाइन तयार गर्दा वन्यजन्तुको निर्वाध आवागमनमा प्रतिकूल असर नपर्ने र वैकल्पिक उपायको सुनिश्चितता गर्ने व्यवस्था मिलाउने विषयमा बर्दिया राष्ट्रिय निकुञ्जमा आयोजना गरिएको वन्यजन्तुमैत्री भौतिक पूर्वाधार निर्माणसम्बन्धी आइतबार यहाँ आयोजित कार्याशाला गोष्ठीमा छलफल भएको छ । 

बर्दिया राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्र तथा जैविक मार्गमा वन, वन्यजन्तु र प्राकृतिक सम्पदा संरक्षणका लागि सहभागी सरोकारवाला निकायबीच समन्वय र सहकार्यलाई निरन्तरता दिँदै निकुञ्जभित्र पर्ने पूर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनको ठक्करबाट वन्यजन्तु मारिने घटना नियन्त्रणका लागि निकुञ्जभित्रको राजमार्गमा ४० किमी प्रतिघन्टाभन्दा बढी गतिमा गाडी चलाउन नमिल्ने गरी ठाउँ ठाउँमा स्पीड ब्रेकर निर्माण गर्ने गोष्ठीमा सुझाव दिइएको थियो । 

निकुञ्जको बबई उपत्यका र पूर्व पश्चिम राजमार्गको अम्रेनी कर्णाली तथा सैनावार रम्भापुर खण्डमा नेपाल टेलिकमको नेटवर्कले काम नगर्ने भएकाले निकुञ्जको संरक्षण, सूचना आदानप्रदानमा समेत समस्या रहेको हुँदा नेपाल टेलिकमबाट ती क्षेत्रमा सहज सुविधा उपलब्ध गराउन प्राथमिकताका साथ ब्यवस्था मिलाउने र यस किसिमको समन्वय र सहकार्यलाई निरन्तरता दिनका लागि समय समयमा समन्वय बैठक आयोजना गर्ने जानकारी गराइएको थियो । रासस 

- तश्विर: प्रकाश लामिछाने 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड