2026-06-27 07:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

अवैध निर्माण भइरहेका भौतिक संरचनाका विषयमा प्रशासनको चासो

फागुन ५, कञ्चनपुर/ कञ्चनपुरको भीमदत्त नगरपालिकाभित्र नक्सा पास नगराएरै निर्माण भइरहेका भौतिक संरचनाका विषयमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले चाँसो देखाएको छ । बजार क्षेत्रमा पछिल्लो समय नगरपालिकाबाट नक्सा पास नगराएरै ठूल्ठूला भौतिक संरचनाहरु निर्माण भइरहेकाले तिनिहरुको वैधानिकताका विषयमा प्रशासन कार्यालयले चाँसो देखाएको हो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले महेन्द्रनगरको सब्जिमण्डीदेखि मुख्य राजमार्ग जोड्ने सडकका छेउछाउमा निर्माण भइरहेका भौतिक संरचनाले नक्सा पास नगरेको भन्ने गुनासो बढेकाले नगर विकाससँग नगर क्षेत्र भित्र भइरहेको विकास निर्माणको सम्पूर्ण विवरण उपलब्ध गराउन भनिएको छ ।

नक्सा पास नगराएर अवैधानिकरुपमा निर्माण भइरहेका भौतिक संरचनाको निर्माण कार्य रोक्ने विषयमा पनि महेन्द्रनगर नगर विकास समिति र प्रशासनबीच छलफल भएको र अवको केही दिनमा ठोस निर्णय लिईने उहाँले बताउनुभयो । महेन्द्रनगरमा निजी घर तथा सरकारी कार्यालयले समेत भवन नक्सा पास नगराउने गरिएकाले भुकम्पिय जोखिम बढेको नगरपालिकाका इन्जिनियर हिमालयसिंह ऐरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी