2026-09-19 11:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

हावाहुरीबाट डडेल्धुराका आधा दर्जन विद्यालयमा ७ लाख बराबरको क्षति

ललित बोहरा । जेठ ८, डडेल्धुरा । हावाहुरीले डडेल्धुराका आधा दर्जन विद्यालय भवनका छाना उडाउँदा  ७ लाख बराबरको क्षति भएको छ ।

केही दिनअघि साँझपख बर्षासंगै आएको हावाहुरीले जिल्लाकामा रहेका आधा दर्जन भन्दा बढी विद्यालयका छाना उडाएको जिल्ला शिक्षा कार्यालय डडेल्धुराले जनाएको छ ।

जिल्ला शिक्षा अधिकारी बसन्त कुमार खत्रीका अनुसार रुपालमा रहेको असिग्राम मावि, अमरगढी नगरपालिका ११ मा रहेको असिग्राम आधारभूत विद्यायलको पनि छानो उडाएको छ ।

यस्तै जिल्लाको नवदुर्गा गाउँपलिका कोटेलीमा रहेको बिरबलभद्र मावि, सहश्रलिङ मावि अजयमेरु चमडा र भौरव आधारभूत विद्यालय सुनकोटको पनि छानो उडाएको जिल्ला शिक्षा अधिकारी खत्रीले  बताए ।

सबै भन्दा बढी क्षति सहश्रलिङ मावि चमडा, असिग्राम मावि रुपाल र बिरबलभद्र मावि कोटेलीका करिव २ लाख ५० हजार बराबरको क्षति गरेका जनाइएको छ ।

हावाहरीबाट क्षति भएका विद्यालयमा विद्यार्थीलाई पठन–पाठन गर्नमा समस्या भएको विद्यालयहरुले जनाएका छन् ।

जिल्लाका अरु विद्यालयका पनि हावाहरीले छाना उडाएको हुँदा अरु विद्यायलय लाई पनि यही जेठ १० गते भित्र आफ्नो विद्यालयको क्षतिको विवरण जिल्ला शिक्षा कार्यालयमा पेश गर्न स्रोत व्यक्ति मर्फत सम्बन्धीत विद्यालयलाई सूचित गराएका उनले बताएका छन् ।

‘हावाहुरीले क्षति गरेका विद्यालयलाई राहात दिनको लागि जिल्ला शिक्षा कार्यालय संग केही पनि राहात सामाग्री छैन’ जिल्ला शिक्षा अधिकारी खत्रीले भने– ‘जेठ १० गते बस्ने जिल्ला दैवीप्रकोप उद्धार समितिमा क्षतिको विवरण पेश गर्छौ,’ दैवीप्रकोप उद्धार समितिको सिफारिस क्षेत्रीय शिक्षा निर्देशनालयमा पठाउने र सम्बन्धीत विद्यालयले केही राहात पउने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो