२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

सदरमुकाममै कुपोषित छन् बालबालिका

२०७४, ९ जेष्ठ मंगलवार ०७:१५

(उमा केसी) | जेठ ९, रोल्पा | सदरमुकाम लिवाङको एक दलित परिवारका बालक कुपोषणका कारण जीवन मरणको दोसाँधमा छन् । यसरी कुपोषित हुने बालक हुन् –विवेक विक । उमेर दुई वर्ष भएपनि उनी बस्न सक्दैनन् । 

बाबु श्यामलाल विक मजदुरी गर्न बिहानै बजारतिर जान्छन् । बाबु मजदुरीबाट नफर्कुञ्जेल बन्द कोठामा एकोहोरिएर सुतिरहन्छन् उनी । ओछ्यानमै दिसापिसाब गर्छन् । भोक प्यास लागेपनि उनलाई खान दिने न कोही हुन्छ न त खाने कुरा नै । 

दाजु विकास विवेकभन्दा एक वर्ष मात्र जेठा छन् । भाइलाई कोठामै राखेर घरको ढोका बन्द गरी बुबा गएपछि विकास पनि बाहिर धुलो र ढुङ्गालाई साथी बनाएर दिनभरि खेलिरहन्छन् । बाबु समयमै घरमा आए खान पाउँछन् नत्र उनी पनि दिनभर भोकभोकै हुन्छन् । 

चालीस वर्ष उमेर पुगिसकेका श्यामलालले चार वर्षअघि मिझिङ रोल्पाकी अप्सरा कामीसँग विवाह गरे । सुनार दम्पतीले दुई छोरा जन्माए । वर्षौंते दुई छोरा जन्माए पनि आर्थिक समस्याका कारण उनीहरुले राम्रोसँग स्याहार गर्न सकेनन् जसका कारण दुवै छोरालाई कुपोषण भयो । 

विभिन्न निकायको सहयोगमा कुपोषित छोरालाई शिशु स्याहार केन्द्र दाङमा लगी भर्ना गरे । पोषण पुनःस्थापना केन्द्रमा दुई महिना बसेका उनीहरु पोषित भएपछि श्यामलालले घर फिर्ता लिएर आए । छोराहरुलाई घरमा ल्याए पनि श्रीमती भने घरमा थिइनन् । श्रीमतीका बारेमा लामो समयसम्म सोधीखोजी गरे । “कसैले काठमाडौँमा इँटाभट्टामा काम गर्न गएको भनिदिए भने कसैले पोइल गई भने, तर म भने छोराको मायाले एक दिन पक्कै आउली भनेर बाटो हेरिरहेँ, तर चार महिना बितिसक्दा समेत श्रीमती आइन,” उनले दुखेसो पोखे । 

छोराहरुलाई स्याहार गर्ने कि ज्याला मजदुरी गरेर खाने ? घरमा कोही छैनन्, काममा जाँदा छोराहरुको स्याहार गर्ने मान्छे हँुदैन । छोराको स्याहार गर्न घरमा बस्दा भोकभोकै बस्नुपर्छ । सुनारले गम्भीर हुँदै भने । 

नगरपालिकाले दलित बालबालिकाको पोषण सुधारका लागि मासिक रु २०० भत्ता दिने भएका कारण दुई छोराको भत्ताबाट केही दिन गुजारा चल्ने गरेको उनले बताए । नगरपालिकाले दिएको रु तीन हजार २०० भत्ताबाट रु एक हजार ५० को चामल लिएर खाइरहेका छौँ । बचेको भत्ता चाडपर्वमा मासु खाँदा लागेको ऋण तिर्दा सकिएको उनले बताए । 

बालबालिकाको ८० प्रतिशत दिमागको विकास दुई वर्षमुनि नै भइसक्ने भनिएपनि विकास र विवेक सुनारले भने पेटभरि खान समेत पाइरहेका छैनन् । पोषण र बालअधिकारको क्षेत्रमा काम गर्ने बग्रेल्ती सङ्घसंस्था भएपनि विकास र विवेक भने खान नपाएर जीवनमरणको दोसाँधमा छन् । 

पोषण सप्ताह भन्दै तारे होटेलमा ठूलठूला कार्यक्रम भइरहेको विचरा विकास र विवेकलाई के थाहा ! बाबुले मजदुरी गरेर ल्याएको पैसाले किनेको सडेको चामलको भात नै अबोध विकास र विवेकको ‘पोषण’ हुने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ