जेठ ९, नवलपरासी | नवलपरासीको कावासोती–१६ डण्डा की १५ वर्षीया रविना अर्यालको मृत्युको कारण थप रहस्यमय बन्दै गएको छ । रविनाको मृत्युको कारण आत्महत्या भएको उनको पारिवारिक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ९, नवलपरासी | नवलपरासीको कावासोती–१६ डण्डा की १५ वर्षीया रविना अर्यालको मृत्युको कारण थप रहस्यमय बन्दै गएको छ । रविनाको मृत्युको कारण आत्महत्या भएको उनको पारिवारिक "/>
2026-09-19 07:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा किशोरी मृत्युको कारण थप रहस्य बन्दै

जेठ ९, नवलपरासी | नवलपरासीको कावासोती–१६ डण्डा की १५ वर्षीया रविना अर्यालको मृत्युको कारण थप रहस्यमय बन्दै गएको छ । रविनाको मृत्युको कारण आत्महत्या भएको उनको पारिवारिक स्रोतको दाबी छ तर त्यहाँका स्थानीयले रविनाको हत्या भएको दाबी गर्दै आएका छन् । 

किशोरी अर्याल गत बुधबार आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । उनको शरीरको प्रकृति हेर्दा नाकबाट रगत बगेको, अनुहारमा चोट समेत देखिएकाले उनको आत्महत्या नभई उनका बाबु तुलसी अर्याल र सौतेनी आमाले हत्या गरेर झुन्ड्याएको आरोप स्थानीयले लगाएका छन् । 

स्थानीय सो घटनाबारे प्रहरीसँग निष्पक्ष छानबिनको माग राख्दै आन्दोलनमा उत्रिएका छन् । निष्पक्ष छानबिन नभए कडा आन्दोलनमा जाने चेतावनी समेत स्थानीयले दिएका छन् । 

घटना शङ्कास्पद रहेको, प्राथमिक स्वास्थ्य केन्द्र चोरमारा र दुम्कौली दुवैले परीक्षण गर्न नमानेपछि शवलाई भरतपुर अस्पताल लगेर परीक्षण गरिएको आन्दोलनमा सहभागी डण्डाकी शर्मिला गिरीले बताइन् । अर्यालको गत शुक्रबारनै परीक्षण गरी दाहसंस्कार गरिएको थियो । प्रहरीले मृतकका बाबु र सौतेनी आमालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 

इलाका प्रहरी कार्यालय कावासोतीका डिएसपी राजेश थापाले घटनाको अनुसन्धान भइरहेको र परीक्षण रिपोर्ट आएपछि थप कुरा खुल्ने बताउनुभयो । रासस 

 फाइल फोटो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो