भाष्कर के. सी./फागुन ११, कञ्चनपुर । महिला तथा बालबालिका शसक्तीकरण मञ्च नेपालले दलित महिलाहरुको आर्थिक उनन्ती गर्ने सक्ने बनाउन, टेवा संस्थाको आर्थिक सहयोगमा २५ जना दलित महिलालाई ७ दिने मोमबत्ती तालिम दिएको छ ।
फागुन ५ गते देखि शुरु भएको उक्त कार्यक्रम फागुन ११ गते एक समारोह विच सम्पन भएको छ । बेतकोट नगरपालिका वडा नं.९ मा मोमबत्ती तालिम संचालन गरिए थियो । टेवा संस्थाको आर्थिक सहयोगमा दलित महिलाहरुको आर्थिक ससक्तीकरणका लागी आयोजना गरिएको हो ।
महिला तथा बालबालिका शसक्तीकरण मञ्चकी अध्यक्ष नन्दा चन्दको सभापतित्व रहेको उक्त कार्यक्रमा भीमदत्त नगरपालिका कार्यालयका निमित्त कार्यकारी अधिकृत हरि सिंह धामीको प्रमुख अथिती हुनुहुन्थ्यो त्यसैगरी नेपाल घरेलु तथा साना उद्योग महासंघका सचिव हरि प्रसाद जोसी विशिष्ट अतिथिका रुपमा रहनु भएको थियो ।
तालिममा चन्द्र खडायतले प्रशिक्षण दिनु भएको थियो । समापन कार्यक्रममा मानवअधिकारका लागि एकल महिला समुह की अध्यक्ष भावना के.सी. मिडिया मञ्च नेपालका अध्यक्ष दिवान आग्री लगायतका ब्यक्तिहरुले मन्तव्य दिएका थिए कार्यक्रमको संचालन अम्बा दत्त तिवारीले गर्नु भएको थियो ।