Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

झापामा पुल बनाउने मजदुरको करेन्ट लागेर मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>जेठ १०, सुरुङ्गा (झापा) | करेन्ट लागेर झापाको गौरीगञ्ज गाउँपालिकामा एक भारतीय नागरिकको मङ्गलबार बेलुका मृत्यु भएको छ ।&nbsp;<br></p><p>गौरीगञ्ज गाउँपालिका–६ स्थित रामचन्द्र खोलाको पुल बनाउने मजदुर भारत घर भएका २० वर्षीय अर्पण मेचेको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।&nbsp;</p><p>प्रहरीका अनुसार मेचेलाई ढलान मेसिन बन्द गर्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर अचेत भएका उनलाई उपचारका लागि लाइफलाइन अस्पताल दमक पुर्याएलगत्तै उनको मृत्यु भएको बताइएको छ । रासस&nbsp;</p>