2026-09-18 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

औधोगीक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव ०७२ भव्य रुपमा सञ्चालन हुदैं

भाष्कर के.सी./ फागुन २०, कञ्चनपुर ।  सुदूरपश्चिमाञ्चल क्षेत्रीय औधोगीक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव ०७२ यही फागुन २१ गते बाट भव्य रुपमा सञ्चालन हुन गई रहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ एवं कञ्चनपुर वाणिज्य संघको आयोजनामा तथा नेपाल सरकार वाणिज्य मन्त्रालय÷व्यापार, निकासी प्रवद्धन केन्द्रको सहयोग, जिल्ला विकास समितिको सह आयोजनामा सुदूरपश्चिमाञ्चलको औधोगिक व्यापार मेला तथा पर्यटन महोत्सव २०७२ को तयारी अन्तिम चरणमा पुगेको छ ।

कृषि पर्यटन र उर्जाको विकास, समृद्ध सुदूरपश्चिमको आधार भन्ने मुल नाराका साथ यही फागुन २१ गते बाट शुरु हुने मेला फागुन ३० गते सम्म संचालन हुने छ । सो अवधिमा करीब १लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने छन् भने आमदानी रु.५ कारोड रुपैया सम्म हनुे आयोजक टिमले विश्वास गरेको छ । यस पाली हुन गईरहेको मेलामा विगत सालको भन्दा फरक र भव्य र सभ्य हुने कञ्चनपुर उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष माधव जोशीले बताउनु भयो ।

१० दिन संम्म लागातार संञ्चालन हुने मेला अवधिमा २२ गते कृषि विकास कार्यालयले आलु उत्पादन प्रविधिक, २३गते किसान परियोजनाले विउ उत्पादन, २५गते निड्सले जडिबुटी प्रशोधन, २६ गते एनआरसिएसले उखु खेति प्रर्वद्धन, २७ गते ईलम हेल्भटासले कृषि विमा तथा केरा प्रशोधन, २८ गते पशु स्वास्थ्य सेवा कार्यालयले आधुनिक कुखुरा पालन तथा २९ गते एक गाँउ एक उत्पादन कार्यक्रमले केरा उत्पादन र प्रर्वद्धन विषयमा हरेक दिन तालिम, गोष्ठी र अन्तरक्रिया हुने छ । जसकालागि सहभागी हुन चाहने इच्छुक कृषकले पहिले नै आफ्नो नाम दर्ता गराउनु पर्ने छ ।

मेलामा अवलोकन कार्तालाई सास्कृतिक मनोरञ्जन दिनका लागि स्थानिय, क्षेत्रिय तथा राष्ट्रिय कालाकारहरुको उपस्थिती रहने छ भन्ने मित्र राष्ट्र भारत बाट कुमाऊका सास्कृतिक कार्यक्रम पनि दर्शकहरु अवलोकन गर्न पाउने छन् ।

मेला अवलोकन गर्न विद्यार्थीको लागि प्रवेश शुल्क रु ३० तोकिएको छ भने अन्य व्यक्तिको लागि रु ४० रहने छ ।
यसपालीको मेलालाई थप आर्कषक बनाउन एकैं किसिमका उपभोग्य वस्तुहरुको एक ग्यालरी रहेन छ जस्तै अटो मोबाइल ग्यालरी, सुचना प्रविधि ग्यालरी, खाद्य समाग्री ग्यालरी कृषि, सामग्री ग्यालरी आदि ।

मेलाको मुख्य प्रयोजकमा अमृत डिष्टलरी, प्रयोजक साई हस्पीटल हल्द्धनी सह प्रयोजकमा माईक्रोमेक्स मोबाईबल, बजाज मोटर साईकल, स्ट्रन बतास मोटर प्रा.लि. आयसर टेक्टर खुसलोक हस्पीटल बरेली प्रर्वद्धकमा लक्ष्मी बैङ्क, एक गाँउ एक उत्पादन कार्यक्रम नेपाल पर्यटन बोर्ड, राष्ट्रिय वाणिज्य बैंङ्क, नेपाल टेलिकम, कञ्चन डेभलपमेन्ट बैंङ्क, सिप्रिदी रहेका छन् ।

अहिले सम्म २२० भन्दा बढि स्टल बुकिङ्ग भईसकेको छ । फागुन २१ गते बाट सञ्चालन हुने मेलामा, मेलाको समुद्दघाटन अर्थ राज्य मन्त्रि दामोदर भण्डारीले गर्नु हुने छ भने सो समुद्दघाटन सत्रमा भारतका विद्यायक सासंदहरुको समेत सहभागीता रहने मेला मुल आयोजक समितिका संयोजक तथा कञचनपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश रावलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई