२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडीमा प्रहरीद्धारा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

२०७२, २१ फाल्गुन शुक्रबार १०:३०

फागुन २१, कञ्चनपुर / कञ्चनपुर जिल्लाको दक्षिणि क्षेत्र बेल्डाँडी नगरपालिका ८ बैवाहमा प्रहरीद्धारा नागरिक सुनुवाई कार्यक्रम आयोजना गरिएको थियो । ईलाका प्रहरी कार्यालय बेल्डाँडीको आयोजनामा नागरिकका गुनासा लिने, नागरिकहरु सितको सम्वन्ध सुमधुर बनाउने, समाजमा घट्ने अपराधिक घटना न्युन गर्ने उदेश्यका साथ यो कार्यक्रम आयोजना गरिएको ईलाका प्रहरी कार्यालय बेल्डाँडीले जनाएको छ । प्रहरी कार्यालय बेल्डाँडीका अनुसार जनता र प्रहरी बिचको सम्वन्ध सुमधुर बनाउनु र सुचना प्रहरीलाई दिन नमान्ने हुनाले यो कार्यक्रम प्रत्येक बर्ष आयोजना गरिने बताए ।

बेल्डाँडी ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक लाल बहादुर बमले कार्यक्रममा बोल्दै स्थानिय बासी बाट आएका सुझाव आफुले र आफ्नो संगठनले आत्मसाथ गरेको बताए । उनले भने यो ईलाका खुल्ला सिमाना भएकोले अलि अलि यहाँको नागरिकले सचेत हुनुपर्नेमा जोड दिए । कतिबेला के हुन्छ प्रहरी भन्दैमा सबै आफुहरुले थाहाँ नपाउन सक्ने कुरा स्थानिय नागरिकको सहायता मिले हुने घटना समयमै न्युनिकरण गर्न सकिन्छ ।

तेसैले उनले भने यहाँको एक एक नागरिक सिविल पुलिस हो, हामीलाई तपाँईको सहयोगको एकदमै खाचो छ , तपाँईको सहयोगले घट्ने घटना समयमै सामाधान गर्न सकिन्छ । यहाँ जाड रक्सी खाएर अराजक गतिबिधि गर्नेलाई समाजमै ठिक पार्न सकिने कुरा स्थानियलाई बताए । यहाँ खुल्ला नाका हुनाले भारतिय नं. प्लेटका गाडी बिना भन्सार आउने र अपराधिक कृयाकलाप गरेर जान सक्ने हुनाले सुरक्षामा सर्तकत्ता सबैले अपनाउनु पर्ने जोड दिए । उनले भने प्रहरी सधै तपाँईको साथ छ हामी सुचना पाउँनासाथ ऐक्सन लिने बताए ।
बेल्डाँडीका स्थानिय नागरिकले भने हाम्रो यहाँ खुल्ला सिमाना हुनाले सुरक्षामा चुनौति देखीएको र प्रहरीले गर्ने काममा कञ्जुसाई नहुनु पर्नेमा जोड दिएका थिए । एक स्थानिय गणेश थापाले भने जाड रक्सी सेवन गरेर अपराधिक घटना घट्ने यहाँ पाईएको छ । त्यसैले जाड रक्सी नियन्त्रण गर्नु पर्नेमा जोड दिएका थिए । उनले भने सके सम्म यो एरीया मदिरा निषेधित क्षेत्र बनाउनु पर्नेमा सबैको ध्यानाक्रषण हुनु पर्नेमा जोड दिएका थिए ।
विमल धामीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई