१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडीमा प्रहरीद्धारा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

२१ फाल्गुन २०७२, शुक्रबार १०:३०

फागुन २१, कञ्चनपुर / कञ्चनपुर जिल्लाको दक्षिणि क्षेत्र बेल्डाँडी नगरपालिका ८ बैवाहमा प्रहरीद्धारा नागरिक सुनुवाई कार्यक्रम आयोजना गरिएको थियो । ईलाका प्रहरी कार्यालय बेल्डाँडीको आयोजनामा नागरिकका गुनासा लिने, नागरिकहरु सितको सम्वन्ध सुमधुर बनाउने, समाजमा घट्ने अपराधिक घटना न्युन गर्ने उदेश्यका साथ यो कार्यक्रम आयोजना गरिएको ईलाका प्रहरी कार्यालय बेल्डाँडीले जनाएको छ । प्रहरी कार्यालय बेल्डाँडीका अनुसार जनता र प्रहरी बिचको सम्वन्ध सुमधुर बनाउनु र सुचना प्रहरीलाई दिन नमान्ने हुनाले यो कार्यक्रम प्रत्येक बर्ष आयोजना गरिने बताए ।

बेल्डाँडी ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक लाल बहादुर बमले कार्यक्रममा बोल्दै स्थानिय बासी बाट आएका सुझाव आफुले र आफ्नो संगठनले आत्मसाथ गरेको बताए । उनले भने यो ईलाका खुल्ला सिमाना भएकोले अलि अलि यहाँको नागरिकले सचेत हुनुपर्नेमा जोड दिए । कतिबेला के हुन्छ प्रहरी भन्दैमा सबै आफुहरुले थाहाँ नपाउन सक्ने कुरा स्थानिय नागरिकको सहायता मिले हुने घटना समयमै न्युनिकरण गर्न सकिन्छ ।

तेसैले उनले भने यहाँको एक एक नागरिक सिविल पुलिस हो, हामीलाई तपाँईको सहयोगको एकदमै खाचो छ , तपाँईको सहयोगले घट्ने घटना समयमै सामाधान गर्न सकिन्छ । यहाँ जाड रक्सी खाएर अराजक गतिबिधि गर्नेलाई समाजमै ठिक पार्न सकिने कुरा स्थानियलाई बताए । यहाँ खुल्ला नाका हुनाले भारतिय नं. प्लेटका गाडी बिना भन्सार आउने र अपराधिक कृयाकलाप गरेर जान सक्ने हुनाले सुरक्षामा सर्तकत्ता सबैले अपनाउनु पर्ने जोड दिए । उनले भने प्रहरी सधै तपाँईको साथ छ हामी सुचना पाउँनासाथ ऐक्सन लिने बताए ।
बेल्डाँडीका स्थानिय नागरिकले भने हाम्रो यहाँ खुल्ला सिमाना हुनाले सुरक्षामा चुनौति देखीएको र प्रहरीले गर्ने काममा कञ्जुसाई नहुनु पर्नेमा जोड दिएका थिए । एक स्थानिय गणेश थापाले भने जाड रक्सी सेवन गरेर अपराधिक घटना घट्ने यहाँ पाईएको छ । त्यसैले जाड रक्सी नियन्त्रण गर्नु पर्नेमा जोड दिएका थिए । उनले भने सके सम्म यो एरीया मदिरा निषेधित क्षेत्र बनाउनु पर्नेमा सबैको ध्यानाक्रषण हुनु पर्नेमा जोड दिएका थिए ।
विमल धामीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु