२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

हजार दिनका आमाका लागि पोषण तालिम

१३ जेष्ठ २०७४, शनिबार ०४:०७

जेठ १३, रोल्पा | सुत्केरीपछि हजार दिनका आमालाई पोषणयुक्त बाली उत्पादन, प्रविधि हस्तान्तरण र तरकारीबाट विभिन्न परिकार बनाउन सीप हस्तान्तरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको छ । 

जिल्लामा हजार दिनका आमा तथा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको मात्रा अधिक रहेकाले त्यसको न्यूनीकरणका लागि यस्तो कार्यक्रम सञ्चालन गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले बताउनुभयो । कृषि तथा पशुजन्य उत्पादनबाट पोषण पाइने भएकाले जिल्लामा कृषिजन्य पोषण उत्पादनमा ध्यान दिइएको छ । 

जिल्ल्ला समन्वय समिति, जिल्ला शिक्षा – जिल्ला स्वास्थ्य– जिल्ला कृषि विकास – पशुसेवा – खानेपानी तथा सरसफाइ सब डिभिजन र महिला तथा बालबालिका कार्यालयबाट संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरिएको हो । हजार दिनका आमा, आमा समूहका सदस्य र महिला स्वास्थ्य स्वयम्सेविकालाई लक्ष्य गरी कार्यक्रम सञ्चालन गरिएकाले जिल्लाको कुपोषणको दर कम हुने अपेक्षा गरिएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य