पढ्न करिब 1 मिनेट लाग्छ

जेठ १४, काठमाडौं । धादिङको निलकन्ठ नगरपालिकास्थित वडा नम्बर १० गोलाभञ्याङ भन्ने ठाउँमा स्कुल बस दुर्घटना भएको छ । दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

धादिङबेसीबाट त्रिपुरेस्वरको खहरे बजारतर्फ जाँदै गरेको ग १ ख ३४०५ नम्बरको बस दुर्घटनामा परेको हो ।

बस सडकबाट करिब डेढ सय मिटर तल खसेको छ । सदरमुकामबाट घटनास्थलतर्फ नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली घटनास्थल पुगेको छ । बसमा हताहत भएका र घाइतेहरुलाई स्थानीयले उद्दार गरेका थिए ।

रुटमा चल्ने गाडी बिग्रेपछि बोर्डिंग स्कूलको बसलाई यात्रु लिनको लागि बोलाइएको थियो । रोकी राखेको बस छ्तमा सामान बाँध्ने क्रममा बस आफै गुडेर दुर्घट्ना भएको बताइएको छ ।

घाईतेहरुलाई घटनास्थलबाट उद्धारगरी उपचारका लागि धादिङबेसी ल्याईदैछ । उद्धार जारी रहेकाले क्षतीको बिस्तृत विवरण आउन बाँकी छ ।