सागर शर्मा | जेठ १५, प्युठान | १० औं गणतन्त्र दिवसको अवसर पारेर जिल्ला अस्पताल प्युठानमा भर्ना भएका बिरामीहरुलाई फलफुल बितरण तथा रक्तदान कार्यक्रम गरिएको छ । समाजका लागि"/>
सागर शर्मा | जेठ १५, प्युठान | १० औं गणतन्त्र दिवसको अवसर पारेर जिल्ला अस्पताल प्युठानमा भर्ना भएका बिरामीहरुलाई फलफुल बितरण तथा रक्तदान कार्यक्रम गरिएको छ । समाजका लागि"/>
सागर शर्मा | जेठ १५, प्युठान | १० औं गणतन्त्र दिवसको अवसर पारेर जिल्ला अस्पताल प्युठानमा भर्ना भएका बिरामीहरुलाई फलफुल बितरण तथा रक्तदान कार्यक्रम गरिएको छ । समाजका लागि युवाको १ दिने कार्यक्रम अन्तर्गत जिल्ला युवा समितीले सो कार्यक्रम गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला न्यायधिस बासुदेव न्यौपानेले गणतन्त्र संस्थागत हुने चरणमा रहेको वताउनुभयो । उहाँले देश परिवर्तका संवाहक युवा भएकाले गणतन्त्र संस्थागत गर्नमा युवाको भुमिका महत्वपूर्ण हुने वताउनुभयो । कार्यक्रमका विषेश अतिथि प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले आजको दिन नेपालको सन्दर्भमा ऐतिहासिक भएको वताउदै गणतन्त्र स्थापना पछि मात्र अन्य सामाजिक ,आर्थिक, क्षेत्रको विकास हुने वताउनुभयो । साथै रेडक्रस प्युठानका सभापति गुमानराज पुलामीले रक्तदानको विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा जिल्ला युवा समिति प्युठानका अध्यक्ष नेगन सिंह कुवरले समाजको विकास गर्नमा युवाहरुको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो ।
दिवसको अवसरमा आईतबार सहिद स्मारक पार्कको सिलान्यास, सोमबार प्रभातफेरी, बिरामीलाई फलफुल वितरण, रक्तदान सम्वन्धि चेतनामुलक कार्यक्रम र मंगलबार दिपावली गरि दिवस मनाउने कार्यक्रम रहेको जिल्ला समन्वय समिति प्युठानका स्थानिय विकास अधिकारी तथा गणतन्त्र दिवस मुल समारोहका संयोजक ईन्द्र प्रसाद बस्यालले वताउनुभयो ।
कार्यक्रममा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, प्युठान क्याम्पस, झिमु्रक क्याम्पस र स्वर्गद्धारी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेका थियो ।