जेठ १६, दाङ । दाङमा आफैंले बोकेको हतियार पड्किदा नेपाली सेनाका हवल्दारको जयन गएको छ ।
दाङको घोराही उप–महानगरपालिका वडा नं. १० निवासी किसन थापाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिए ।
सोमवार दिउँसो चुनावी सुरक्षाको लागि गढुवा क्षेत्रमा खटिएको सेनाको टोलि गाडिमा चढेर गस्तिमा जाँदै गर्दा आफैंले बोकेको हतियार एकाएक पड्किएर थापाको घाँटीमा गोलि लागेको थियो । घाईते थापाको उपचारका क्रममा राप्ती उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।