2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा बाबुछोरीसँगै प्रवेशिका परीक्षा दिँदै

चैत १८, कञ्चनपुर । कञ्चनपुरको देखतभूली–३ सिगलपट्टिका बुबाछोरी एउटै परीक्षा केन्द्रमा सँगै प्रवेशिका परीक्षामा सहभागी भएका छन् ।

शिव शक्ति माध्यमिक विद्यालय कालागौँडीमा अध्ययनरत ४० वर्षीय गङ्गाराम राना र उहाँकी १७ वर्षीय छोरी उर्मिला रानाले राष्ट्रिय उच्च माध्यमिक विद्यालय पिपलाडीमा रहेको परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन् । बाबुछोरी दुवै जना परीक्षामा सहभागी भएको केन्द्रका केन्द्राध्यक्ष मोहनचन्द्र जोशीले बताउनुभयो । गङ्गारामले उमेर बढी भए पनि उच्च शिक्षा आर्जन गर्न चाहेकाले प्रवेशिका परीक्षामा सहभागी भएको बताउनुभयो ।

“पढ्नका लागि उमेरले छेक्दैन,” उहाँले भन्नुभयो, “शिक्षित भएर समाजका लागि उदाहरणीय बन्न चाहेको छु ।” बुबाछोरी दुवै जनाले संयुक्तरुपमा विद्यालय र घरमा प्रवेशिकाको तयारी गरेकाले परीक्षामा सोधिएका प्रश्नको उत्तर लेख्न सहज भएको उहाँले बताउनुभयो । शिवशक्ति माविका प्रधानाध्यापक लोकराज जोशीले गङ्गाराम बढी उमेरका भए पनि अन्य छात्रछात्राको तुलनामा अब्बल रहेको बताउनुभयो ।

प्रधानाध्यापक पन्तले भन्नुभयो, “कक्षा ८ मा विद्यालयमा भर्ना भएर पढ्दै आएका उनी सधैँ कक्षामा प्रथम श्रेणीमै उत्तीर्ण हुदै आएकाले प्रवेशिकाको नतिजा पनि उच्च नै रहने आशा गरेका छौँ”। उर्मिला कक्षामा प्रथम श्रेणीमा उत्तीर्ण नहुने भए पनि अनुशासित र मेहनती विद्यार्थी रहेको विद्यालयको शिक्षक भरतराज भट्टले बताए  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई