Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मकवानपुर जिल्लाका लागि बजेट ३ अर्ब ५६ करोड १ लाख ९९ हजार

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>जेठ १६, मकवापनुर | सरकारले संसदमा प्रस्तुत गरेको बजेटमा मकवानपुर जिल्लाका लागि जम्मा ३ अर्ब ५६ करोड १ लाख ९९ हजार छुट्याइएको छ । जम्मा बजेट बाट वित्तीय समानीकरण तर्फ २ अर्ब ३४ करोड ६४ लाख १० हजार र सशर्त अनुदान तर्फ १ अर्ब २१ करोड ३७ लाख ८९ हजार गरी बजेट छुटाईएको छ ।<br></p><p>बजेटमा हेटौंडा उपमहानगरपालिकाको लागि ८३ करोड ५६ लाख ६५ हजार र थाहा नगरपालिकाको लागि ३४ करोड ९४ लाख ५३ हजार बजेट छुटाइएको छ । ८ गाउँपालिकाको लागि जम्मा २ अरब ३७ करोड ५० लाख ८१ हजार बजेट छुटाइएको छ । जसमध्ये सबैभन्दा बढी बकैया गाउँपालिकाको लागि ४० करोड ८९ लाख २५ हजार बजेट छुट्याइएको छ भने सबैभन्दा कम ईन्द्रसरोवर गाउँपालिकाको लागि १६ करोड ४६ लाख छुट्याइएको छ ।&nbsp;</p><p>त्यस्तै कैलाश गाउँपालिका–२८ करोड १२ लाख ६० हजार,बाग्मती गाउँपालिकामा ३३ करोड २८ लाख १८ हजार,भिमफेदी गाउँपालिका–२७ करोड ४२ लाख ६७ हजार,मकवानपुरगढी गाउँपालिका–२८ करोड ४२ लाख ८२ हजार,मनहरी गाउँपालिका३३ करोड ७० लाख ६० हजार र राक्सिराङ गाउँपालिकामा२९ करोड १८ लाख ६९ हजार बजेट विनियोजन गरिएको छ ।&nbsp;</p>