2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

६९औं राष्ट्रिय सहकारी दिवस सम्पन्न

sahakari diwas

भाष्कर के.सी./चैत २०, कञ्चनपुर । अधिराज्यभर आज धुमधाम संग सहकारी दिवस मनाइएको छ । यसै क्रममा कञ्चनपुरमा पनि ‘‘आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी’’ भने मुल नाराका साथ ५९ औं राष्ट्रिय सहकारी दिवस २०७२ भव्यरुपका साथ सम्पन्न भएको छ ।

sahakari diwas kanchanpur

डिभिजन सहकारी कार्यालय र जिल्ला सहकारी संघको संयुक्त आयोजनामा सञ्चालन भएको उक्त कार्यक्रम विहान ८:३० मा डिभिजन सहकारी कार्यालयबाट नाच गान नारा जुलुसका साथ निकालिएको प्रभातफेरीले बजार परिक्रमा गरि कञ्चनपुर उद्योग वाणिज्य संघमा पुगी सभामा परिणत भएको थियो ।

उक्त कार्यक्रममा राजनैतिक पार्टीका प्रतिनिधिहरु, जिल्लाका विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरु, सदस्यहरुका, जिल्ला साथै केन्द्रिय प्रतिनिधिहरु, कर्मचारीहरु एवं सर्वसाधारणहरुको समेत बाक्लो उपस्थित रहेको थियो । सो सभा स्थानिय विकास अधिकारी मोहन पौडेलको प्रमुख आतिथ्यमा भएको थियो भने सभाका सभापतित्व नेफ्स्कुन सञ्चालक तारालामा तामाङ्गले गर्नुभएको थियो ।

सभालाई सम्बोधन गदै राजनैतिक पार्टिका ने.क.पा.एमाओवादीका पुर्व सासद टिकेन्द्र भट्ट र ने.का.का. कार्यवाहक सभापति हरि वोहराले सहकारी संस्थाहरुले इमान्दारी पूर्वक गाँउ– गाँउको विकास गर्नु पर्ने साथै गरिब जनतालाई विकासको बाटो तिर अग्रसर गर्न महत्वपुर्ण भुमिका खेल्नु पर्ने र त्यसको लागि आफु र आफनो पार्टीको पुर्ण सहयोग हुने विश्वास दिलाउनु भयो ।

त्यसै गरी सभालाई विभिन्न संघ संस्थाका प्रतिनिधित्वहरु खगेश्वर के.सी., गणेश चन्द, भवानी चन्द, विमला भट्ट, रामनाथ योगी, केशव राज लेखकका साथै अन्य विभिन्न वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।

उक्त सभामा डिभिजन सहकारी कार्यालकय कंञ्चनपुरले उत्कृष्ट सहकारी संस्था का रुपमा उन्नतशील साना किसान सहकारी संस्था लि. दोधारालाई र आफ्नो कार्यालयका उत्कृष्ट कर्मचारीमा रेनु कुमारी यादवलाई पुस्स्कृत गरेको थियो । सो सभाको संचालन जि. सहकारी संघका अध्यक्ष माधव प्रसाद जोशीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई