२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

६९औं राष्ट्रिय सहकारी दिवस सम्पन्न

२० चैत्र २०७२, शनिबार ११:४८

sahakari diwas

भाष्कर के.सी./चैत २०, कञ्चनपुर । अधिराज्यभर आज धुमधाम संग सहकारी दिवस मनाइएको छ । यसै क्रममा कञ्चनपुरमा पनि ‘‘आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी’’ भने मुल नाराका साथ ५९ औं राष्ट्रिय सहकारी दिवस २०७२ भव्यरुपका साथ सम्पन्न भएको छ ।

sahakari diwas kanchanpur

डिभिजन सहकारी कार्यालय र जिल्ला सहकारी संघको संयुक्त आयोजनामा सञ्चालन भएको उक्त कार्यक्रम विहान ८:३० मा डिभिजन सहकारी कार्यालयबाट नाच गान नारा जुलुसका साथ निकालिएको प्रभातफेरीले बजार परिक्रमा गरि कञ्चनपुर उद्योग वाणिज्य संघमा पुगी सभामा परिणत भएको थियो ।

उक्त कार्यक्रममा राजनैतिक पार्टीका प्रतिनिधिहरु, जिल्लाका विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरु, सदस्यहरुका, जिल्ला साथै केन्द्रिय प्रतिनिधिहरु, कर्मचारीहरु एवं सर्वसाधारणहरुको समेत बाक्लो उपस्थित रहेको थियो । सो सभा स्थानिय विकास अधिकारी मोहन पौडेलको प्रमुख आतिथ्यमा भएको थियो भने सभाका सभापतित्व नेफ्स्कुन सञ्चालक तारालामा तामाङ्गले गर्नुभएको थियो ।

सभालाई सम्बोधन गदै राजनैतिक पार्टिका ने.क.पा.एमाओवादीका पुर्व सासद टिकेन्द्र भट्ट र ने.का.का. कार्यवाहक सभापति हरि वोहराले सहकारी संस्थाहरुले इमान्दारी पूर्वक गाँउ– गाँउको विकास गर्नु पर्ने साथै गरिब जनतालाई विकासको बाटो तिर अग्रसर गर्न महत्वपुर्ण भुमिका खेल्नु पर्ने र त्यसको लागि आफु र आफनो पार्टीको पुर्ण सहयोग हुने विश्वास दिलाउनु भयो ।

त्यसै गरी सभालाई विभिन्न संघ संस्थाका प्रतिनिधित्वहरु खगेश्वर के.सी., गणेश चन्द, भवानी चन्द, विमला भट्ट, रामनाथ योगी, केशव राज लेखकका साथै अन्य विभिन्न वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।

उक्त सभामा डिभिजन सहकारी कार्यालकय कंञ्चनपुरले उत्कृष्ट सहकारी संस्था का रुपमा उन्नतशील साना किसान सहकारी संस्था लि. दोधारालाई र आफ्नो कार्यालयका उत्कृष्ट कर्मचारीमा रेनु कुमारी यादवलाई पुस्स्कृत गरेको थियो । सो सभाको संचालन जि. सहकारी संघका अध्यक्ष माधव प्रसाद जोशीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य