गीता थापा, बाजुरा । “दश सामग्री दश सीप, पढ्न पढाउन सार्है ठिक” भन्ने मुल नाराका साथ यही २०७४ जेष्ठ ५ देखि ६ गते सम्म त्रिवेणी नगरपालिकाको वडा न. २ पार्वती मावि र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गीता थापा, बाजुरा । “दश सामग्री दश सीप, पढ्न पढाउन सार्है ठिक” भन्ने मुल नाराका साथ यही २०७४ जेष्ठ ५ देखि ६ गते सम्म त्रिवेणी नगरपालिकाको वडा न. २ पार्वती मावि र"/>
2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

दश सामग्री दश सीप, पढ्न पढाउन सार्है ठिक

गीता थापा, बाजुरा । “दश सामग्री दश सीप, पढ्न पढाउन सार्है ठिक” भन्ने मुल नाराका साथ यही २०७४ जेष्ठ ५ देखि ६ गते सम्म त्रिवेणी नगरपालिकाको वडा न. २ पार्वती मावि र त्यसै गरी जेष्ठ ९ देखि १० गते सम्म सोहि नगरपालिकाको वडा न. ४ तोलीदेवलडाँडामा माविमा शैक्षिक सामग्री निर्माण सम्वन्धी कार्यशाला गोष्ठी सम्पन्न भयो । 

नेपाली, अंग्रेजी, गणित र विज्ञान विषयका कम्तिमा १० वटा सामग्रीहरु निर्माण गर्ने र  शिक्षकमा हुनु पर्ने दश वटा सीपमा आधारित रहेर शैक्षिक सामग्रीहरु निर्माण गर्ने उद्देश्यका साथ २ वटै विद्यालयमा शैक्षिक सामग्री निर्माण कार्यशाला गोष्ठी सम्पन्न भएको थियो । उक्त गोष्ठीमा कक्षा १ देखि ५ कक्षा सम्म अध्यापन गर्ने सम्वन्धीत विद्यालयहरुका शिक्षकहरुको सहभागिता रहेको थियो । हरेक दिन ८ घण्टा सम्म संचालन भएको उक्त गोष्ठीमा सबै विषयका शैक्षिक सामग्रीहरुको थुप्रो लागेको थियो । जसले गर्दा कक्षाकोठामा शिक्षकहरुलाई पठनपाठनमा सहयोग पुग्ने शिक्षकहरुको प्रतिक्रिया रहेको थियो ।

शैक्षिक निर्माण सम्वन्धी कार्यशाला गोष्ठीमा विशेष गरी पठन सीप विकास सम्वन्धीका सामग्रीहरु नेपाली, अंग्रेजी, गणित र विज्ञान विषयहरुसँग सम्वन्धीत शब्द पत्ति, अक्षर पत्ति, झ्याले पत्ति, अंक पत्ति, चित्र र अक्षर, चित्र र शब्द, अक्षर लकेट, विभिन्न पजलहरु, चित्र डोमिनो, अक्षर डोमिनो, अंक डोमिनो, स्टिक र इलाष्टिक बुक, शब्द सिढी, डाईस, शब्द वृक्ष, फिरफिरे चार्ट, फ्लेस कार्ड, चित्र, ज्यामितिय आकार, विन ब्याग, विभिन्न चित्रहरु आदि निर्माण गरिएका थिए । त्यसै गरी विभिन्न ढुँगा, सिन्का, काठका टुक्रा आदिबाट भाषा र गणित विषयसँग सम्वन्धीत सामग्रीहरु सहित निर्माण गरी त्यसको प्रयोग कसरी गर्ने भन्ने बारेमा सहित सहजिकरण गरिएको थियो ।

साथै कक्षा नियमहरु, बालबालिकाहरुको जन्म तालिका, जन्म दिवसदुई वटै विद्यालयमा गरेर जम्मा १२ जना शिक्षकहरुको सहभागिता रहेको थियो । गोष्ठीको प्रारम्भमा शिक्षकमा हुनु पर्ने दश वटा सीपहरु जस्तैः शिक्षण पेशामा समर्पित हुने, विषयवस्तुमा स्पष्टता, प्रभावकारी अनुसरण सीप, कक्षाकोठा व्यवस्थापन गर्ने सीप, उच्च अपेक्षा लिन सक्ने, पाठ्यक्रमको पुर्ण ज्ञान, परिवेश अनुसार विषयवस्तुको ज्ञान, प्रभावकारी संचार सीप, बालबालिकासँग घुलमिल गर्ने र शिक्षण गर्ने  इच्छा भएको र विद्यार्थीहरुसँग राम्रो सम्वन्ध कायम गर्न सक्ने सीप जस्ता १० वटा शिक्षकमा हुनु पर्ने गुण तथा सीपहरुको बारेमा सहित छलफल गरिएको थियो ।  

सबै सामग्रीहरु निर्माण गरिसके पछि अन्तिम सेशनमा तयार गरिएको सबै सामग्री विषयगतरुपमा प्रर्दशन गरिएको थियो । प्रर्दशन गर्दा सबै शिक्षकहरुले आफुहरुले निर्माण गरेको सामग्रीहरु प्रति आफुलाई गौरव लागेको प्रतिक्रिया दिएका थिए । निर्माण गरिएको शैक्षिक सामग्रीहरु कक्षा १ र कक्षा २ को कक्षाकोठामा व्यवस्थापन गरिएको थियो । उक्त गोष्ठीको सहजीकरण पीसविनका सम्वन्धीत गाविसका कर्मचारीहरु तथा सेभ द चिल्डे«नका शिक्षा अधिकृत चेतराज पाध्यायले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई