गीता थापा, बाजुरा । “दश सामग्री दश सीप, पढ्न पढाउन सार्है ठिक” भन्ने मुल नाराका साथ यही २०७४ जेष्ठ ५ देखि ६ गते सम्म त्रिवेणी नगरपालिकाको वडा न. २ पार्वती मावि र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गीता थापा, बाजुरा । “दश सामग्री दश सीप, पढ्न पढाउन सार्है ठिक” भन्ने मुल नाराका साथ यही २०७४ जेष्ठ ५ देखि ६ गते सम्म त्रिवेणी नगरपालिकाको वडा न. २ पार्वती मावि र"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

दश सामग्री दश सीप, पढ्न पढाउन सार्है ठिक

१७ जेष्ठ २०७४, बुधबार १३:२८

गीता थापा, बाजुरा । “दश सामग्री दश सीप, पढ्न पढाउन सार्है ठिक” भन्ने मुल नाराका साथ यही २०७४ जेष्ठ ५ देखि ६ गते सम्म त्रिवेणी नगरपालिकाको वडा न. २ पार्वती मावि र त्यसै गरी जेष्ठ ९ देखि १० गते सम्म सोहि नगरपालिकाको वडा न. ४ तोलीदेवलडाँडामा माविमा शैक्षिक सामग्री निर्माण सम्वन्धी कार्यशाला गोष्ठी सम्पन्न भयो । 

नेपाली, अंग्रेजी, गणित र विज्ञान विषयका कम्तिमा १० वटा सामग्रीहरु निर्माण गर्ने र  शिक्षकमा हुनु पर्ने दश वटा सीपमा आधारित रहेर शैक्षिक सामग्रीहरु निर्माण गर्ने उद्देश्यका साथ २ वटै विद्यालयमा शैक्षिक सामग्री निर्माण कार्यशाला गोष्ठी सम्पन्न भएको थियो । उक्त गोष्ठीमा कक्षा १ देखि ५ कक्षा सम्म अध्यापन गर्ने सम्वन्धीत विद्यालयहरुका शिक्षकहरुको सहभागिता रहेको थियो । हरेक दिन ८ घण्टा सम्म संचालन भएको उक्त गोष्ठीमा सबै विषयका शैक्षिक सामग्रीहरुको थुप्रो लागेको थियो । जसले गर्दा कक्षाकोठामा शिक्षकहरुलाई पठनपाठनमा सहयोग पुग्ने शिक्षकहरुको प्रतिक्रिया रहेको थियो ।

शैक्षिक निर्माण सम्वन्धी कार्यशाला गोष्ठीमा विशेष गरी पठन सीप विकास सम्वन्धीका सामग्रीहरु नेपाली, अंग्रेजी, गणित र विज्ञान विषयहरुसँग सम्वन्धीत शब्द पत्ति, अक्षर पत्ति, झ्याले पत्ति, अंक पत्ति, चित्र र अक्षर, चित्र र शब्द, अक्षर लकेट, विभिन्न पजलहरु, चित्र डोमिनो, अक्षर डोमिनो, अंक डोमिनो, स्टिक र इलाष्टिक बुक, शब्द सिढी, डाईस, शब्द वृक्ष, फिरफिरे चार्ट, फ्लेस कार्ड, चित्र, ज्यामितिय आकार, विन ब्याग, विभिन्न चित्रहरु आदि निर्माण गरिएका थिए । त्यसै गरी विभिन्न ढुँगा, सिन्का, काठका टुक्रा आदिबाट भाषा र गणित विषयसँग सम्वन्धीत सामग्रीहरु सहित निर्माण गरी त्यसको प्रयोग कसरी गर्ने भन्ने बारेमा सहित सहजिकरण गरिएको थियो ।

साथै कक्षा नियमहरु, बालबालिकाहरुको जन्म तालिका, जन्म दिवसदुई वटै विद्यालयमा गरेर जम्मा १२ जना शिक्षकहरुको सहभागिता रहेको थियो । गोष्ठीको प्रारम्भमा शिक्षकमा हुनु पर्ने दश वटा सीपहरु जस्तैः शिक्षण पेशामा समर्पित हुने, विषयवस्तुमा स्पष्टता, प्रभावकारी अनुसरण सीप, कक्षाकोठा व्यवस्थापन गर्ने सीप, उच्च अपेक्षा लिन सक्ने, पाठ्यक्रमको पुर्ण ज्ञान, परिवेश अनुसार विषयवस्तुको ज्ञान, प्रभावकारी संचार सीप, बालबालिकासँग घुलमिल गर्ने र शिक्षण गर्ने  इच्छा भएको र विद्यार्थीहरुसँग राम्रो सम्वन्ध कायम गर्न सक्ने सीप जस्ता १० वटा शिक्षकमा हुनु पर्ने गुण तथा सीपहरुको बारेमा सहित छलफल गरिएको थियो ।  

सबै सामग्रीहरु निर्माण गरिसके पछि अन्तिम सेशनमा तयार गरिएको सबै सामग्री विषयगतरुपमा प्रर्दशन गरिएको थियो । प्रर्दशन गर्दा सबै शिक्षकहरुले आफुहरुले निर्माण गरेको सामग्रीहरु प्रति आफुलाई गौरव लागेको प्रतिक्रिया दिएका थिए । निर्माण गरिएको शैक्षिक सामग्रीहरु कक्षा १ र कक्षा २ को कक्षाकोठामा व्यवस्थापन गरिएको थियो । उक्त गोष्ठीको सहजीकरण पीसविनका सम्वन्धीत गाविसका कर्मचारीहरु तथा सेभ द चिल्डे«नका शिक्षा अधिकृत चेतराज पाध्यायले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य