Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगाका पत्रकारहरु सरसफाई अभियानमा सकृय बन्दै

२०७४, १८ जेष्ठ बिहीबार ००:३२

जेठ १८,ओखलढुंगा । ओखलढुंगाका पत्रकारहरुले सरसफाई विषेश अभियान सञ्चालन गर्ने भएका छन् । जिल्लामा खुल्ला दिसामुक्त घोषणा अभियानमा संगठित भएर लागेका पत्रकारहरुले अब सरसफाईमा केन्द्रित हुने निर्णय गरेका हुन् । जिल्लाका सबै गाउँ तथा नगरपालिका खुल्ला दिसामुक्त घोषणा गर्ने कार्यक्रम सकिएकाले अब सरसफाई केन्द्रित अभियान सञ्चालन गरिने पत्रकार स्तरीय खानेपानी  तथा सरसफाई स्वच्छता समन्वय समितिका सदस्य सचिव पत्रकार पूर्णप्रसाद न्यौपानेले जानकारी दिनुभयो । एक वर्ष अघि जिल्लामा क्रियाशिल पत्रकारहरु संगठित भएर समिति गठनगरी खुल्ला दिसामुक्त घोषणा अभियान विषेश दबाब मुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएका थिए ।

बुधबार बसेको पत्रकार स्तरीय खानेपानी  तथा सरसफाई स्वच्छता समन्वय समितिको बैठकले सदरमुकाम बजारक्षेत्र र आसपासमा जथाभावी गरिने फोहोरले दुर्गन्ध फैलिएको भन्दै तत्काल त्यसको व्यवस्थापनका लागि चरणबद्ध कार्यक्रमहरु गर्ने र सरसफाईका विधीहरु अपनाउन स्थानीयलाई बाध्यपार्ने निर्णय गरेको छ । पत्रकारहरु संगठित भएर लागेकाले जिल्लामा खुल्ला दिसामुक्त र सरसफाई विषेश अभियानहरु प्रभावकारी बनेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख कमलराज श्रेष्ठले बताउनुभयो । जिल्लाका सबै आठ वटै गाउँ तथा नगरपालिका र त्यस भित्रका ७५ वटै वडाहरु खुल्ला दिसामुक्त घोषणा भईसकेका छन् । असार भित्रै ओखलढुंगालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने तयारी भईरहेको छ । 

नेपाल पत्रकार महासंघका अध्यक्ष तथा समितिका अध्यक्ष दिपेन्द्र रुम्दालीको अध्यक्षता तथा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख कमलराज श्रेष्ठको प्रमुख आतिथ्यतामा बसेको जेवाससीसीको बैठकमा हालसम्म सञ्चालित सरसफाई अभियानको समिक्षा गरिएको थियो,भने भावी योजना समेत तय गरिएको थियो । पूर्ण सरसफाई जिल्ला बनाउन समेत लागि पर्ने जिल्लाका पत्रकारहरुले साझा प्रतिबद्धता जनाएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै