२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगाका पत्रकारहरु सरसफाई अभियानमा सकृय बन्दै

१८ जेष्ठ २०७४, बिहीबार ००:३२

जेठ १८,ओखलढुंगा । ओखलढुंगाका पत्रकारहरुले सरसफाई विषेश अभियान सञ्चालन गर्ने भएका छन् । जिल्लामा खुल्ला दिसामुक्त घोषणा अभियानमा संगठित भएर लागेका पत्रकारहरुले अब सरसफाईमा केन्द्रित हुने निर्णय गरेका हुन् । जिल्लाका सबै गाउँ तथा नगरपालिका खुल्ला दिसामुक्त घोषणा गर्ने कार्यक्रम सकिएकाले अब सरसफाई केन्द्रित अभियान सञ्चालन गरिने पत्रकार स्तरीय खानेपानी  तथा सरसफाई स्वच्छता समन्वय समितिका सदस्य सचिव पत्रकार पूर्णप्रसाद न्यौपानेले जानकारी दिनुभयो । एक वर्ष अघि जिल्लामा क्रियाशिल पत्रकारहरु संगठित भएर समिति गठनगरी खुल्ला दिसामुक्त घोषणा अभियान विषेश दबाब मुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएका थिए ।

बुधबार बसेको पत्रकार स्तरीय खानेपानी  तथा सरसफाई स्वच्छता समन्वय समितिको बैठकले सदरमुकाम बजारक्षेत्र र आसपासमा जथाभावी गरिने फोहोरले दुर्गन्ध फैलिएको भन्दै तत्काल त्यसको व्यवस्थापनका लागि चरणबद्ध कार्यक्रमहरु गर्ने र सरसफाईका विधीहरु अपनाउन स्थानीयलाई बाध्यपार्ने निर्णय गरेको छ । पत्रकारहरु संगठित भएर लागेकाले जिल्लामा खुल्ला दिसामुक्त र सरसफाई विषेश अभियानहरु प्रभावकारी बनेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख कमलराज श्रेष्ठले बताउनुभयो । जिल्लाका सबै आठ वटै गाउँ तथा नगरपालिका र त्यस भित्रका ७५ वटै वडाहरु खुल्ला दिसामुक्त घोषणा भईसकेका छन् । असार भित्रै ओखलढुंगालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने तयारी भईरहेको छ । 

नेपाल पत्रकार महासंघका अध्यक्ष तथा समितिका अध्यक्ष दिपेन्द्र रुम्दालीको अध्यक्षता तथा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख कमलराज श्रेष्ठको प्रमुख आतिथ्यतामा बसेको जेवाससीसीको बैठकमा हालसम्म सञ्चालित सरसफाई अभियानको समिक्षा गरिएको थियो,भने भावी योजना समेत तय गरिएको थियो । पूर्ण सरसफाई जिल्ला बनाउन समेत लागि पर्ने जिल्लाका पत्रकारहरुले साझा प्रतिबद्धता जनाएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य