2026-09-19 11:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

विश्व सुर्तीजन्य पदार्थ रहित दिवस

मे ३१ अर्थात विश्व सुर्तीजन्य पदार्थ रहित दिवस आज डडेल्धुरामा पनि मनाईएको छ ।  सुर्तीजन्य पदार्थले विकासलाई अवरोध गर्छ भन्ने धारणका साथ जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजनामा यो दिवस मनाईएको हो ।

दिवसका अवसरमा सरकारी कार्यालयका प्रमुख, व्यापारी तथा सञ्चारकर्मिहरु संग अन्र्तक्रिया कार्यक्रम गरिएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रशासक बृष बहादुर शाहीले जानकारी दिएका छन् । कार्यक्रममा सुर्तीजन्य पदार्थले विकासलाई अवरोध गर्छ कसरी अबरोध गर्छ भन्ने बिषयको कार्यपत्र प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले सुर्ति जन्य पदार्थ सम्बन्धि ऐन नियमको पालना गरी बिक्रि बितरण गर्न व्यापारीलाई निर्देशन दिएका छन् । यस्तै बिक्रि वितरण गर्दा बालबालीको प्रयोग नगर्ने र निर्धारीत तोकेको सयममा मात्र बिक्रि बितरण गर्ने गरेमा बिस्तारै सुर्तिजन्य पदार्थमा कमि आउन सक्ने प्रमुख जिल्ला अधिकारी भट्टले बताएका छन् ।

डडेल्धुरामा सुर्तिजन्य पदार्थको अनुगमनका लागी सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरिएको समिति क्रियाशिल रहेको समेत उनले जानकारी दिएका छन् ।

यस्तै दिवसको अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थिको नेतृत्वमा जिल्लाको बागबजार स्थितका पसलहरुमा अनुगमन समेत गरिएको छ ।

धुम्रपान तथा सुर्तीजन्य पदार्थहरुको प्रयोगले हाम्रो स्वास्थ्यमा ठुलो असर पार्दछ भन्ने थाहा हुँदाहुँदै पनि विश्वभर तथा हाम्रो नेपालमा कुनै न कुनै वाहानामा धेरै व्यक्तिहरु सुर्तीजन्य पदार्थको सेवनको लतमा फसेको पाईन्छ ।

महिला, पुरुष, धनी, गरिव ,सडकमा आफ्नो जिवन विताउने वाल वच्चाहरु, स्वास्थ्यकर्मि, डाक्टर,स्कुले विधार्थी देखी वृद्ध, वृद्धासमेतले लुकेर होस या खुला रुपमा नै किन नहोस चुरोट तथा अन्य कुनै न कुनै सुर्तिजन्य पदार्थको सेवन गरिरहेका छन् ।

कोहीले साथीभाईको करले त कोहीले तनाव घटाउनको लागी भन्दै कुनै न कुनै किसिमको वहानामा सुर्तीजन्य पदार्थको सेवनलाई आफ्नो दैनिकी वनाई रहेका छन् ।

विश्वभर सुर्तीजन्य पदार्थको सेवनवाट आम मानिसहरुमा पर्ने गएको स्वास्थ समस्यालाई घटाउन, सुर्तीजन्य पदार्थको सेवनवाट मानिसको स्वास्थ्यमा पर्ने असरहरुको वारेमा जनचेतना फैलाउन, सुर्तीजन्य पदार्थको प्रयोग कम गर्ने तथा विक्री वितरणमा कम गर्नको लागी सहयोग गर्ने निती नियम वनाउनको लागी सहयोग गर्ने उदेश्यको साथमा विश्व स्वास्थ्य संगठनको आयोजनमा हरेक वर्ष मे ३१ तारिखका दिन विश्व सुर्तीजन्य पदार्थ रहित दिवस विविध कार्यक्रमहरु गरी विश्वभर मनाइन्छ ।

सुर्तीजन्य पदार्थको प्रयोगलाई र आम मानिसहरुमा देखिएका स्वास्थ समस्याहरुलाई कसरी कम गर्ने भन्ने विषयमा केन्द्रीत रहेर मनाइने यो दिवस यो वर्ष सुर्तीजन्य पदार्थको गैरकानुनी व्यापारलाई रोकौ  भन्ने मुल नारा सहित मनाइदै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो