जेठ १८, काठमाडौँ | माओवादी केन्द्रको संसदीय दलले अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारको समीक्षा गरेको छ । सरकारमा सफल भएको र सरकारले गरेका कामबारे जनस्तरमा प्रस्ट पार्न नसक्दा न"/> Sajhasabal जेठ १८, काठमाडौँ | माओवादी केन्द्रको संसदीय दलले अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारको समीक्षा गरेको छ । सरकारमा सफल भएको र सरकारले गरेका कामबारे जनस्तरमा प्रस्ट पार्न नसक्दा न"/>
२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री प्रचण्डले सांसदहरूले सोधेको ४ प्रश्नको जवाफ यसरी दिए

१८ जेष्ठ २०७४, बिहीबार ०१:३२

जेठ १८, काठमाडौँ | माओवादी केन्द्रको संसदीय दलले अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारको समीक्षा गरेको छ । सरकारमा सफल भएको र सरकारले गरेका कामबारे जनस्तरमा प्रस्ट पार्न नसक्दा निर्वाचनमा अनपेक्षित परिणाम आएको माओवादी केन्द्रको निष्कर्ष छ ।

माओवादी संसदीय दलको बुधबार बसेको बैठकमा सांसदहरूले स्थानीय निर्वाचनको समीक्षा गर्नुपर्ने धारणा राखेका थिए । अध्यक्ष प्रचण्डले सरकारले गरेका कामलाई जनस्तरमा पुर्याउन नसक्दा समस्या देखिएको बताएका छन् ।

‘ठूला र इतिहासमै मानक बन्ने काम गरेर पनि हामीले जस लिन सकेका छैनौँ,’ बैठकमा प्रचण्डले भने, ‘अरूले गफै गरेर चर्चा बटुले, तर हामीले कामको जस पनि लिन जानेनौँ । अरूले पिठो बेचे हामीले चामल पनि बेच्न सकेनौँ ।’

माओवादी नेतृत्वको सरकारले दूरगामी महत्व राख्ने र इतिहासमा मानक सिद्ध हुने काम गरेको प्रचण्डको भनाइ छ । ‘लोडसेडिङको अन्त्य गर्यो । उज्यालो युगको सुरुवात भयो । वर्षौँदेखि रोकिएको १४ सय किमिको हुलाकी राजमार्ग हाम्रै पालामा बन्दै छ । हाम्रै पालामा महाकालीमा पुल बन्दै छ, १४ वटा ठूला सडक हाम्रै पालामा बन्दै छन् । फास्ट ट्र्याक शिलान्यास गरेर काम अघि बढी नै सक्यो, बुढीगण्डकी जलाशययुक्त आयोजना सुरु हुँदै छ,’ उनले भने, ‘आर्थिक वृद्धिदर ७।५ प्रतिशत पुगेको छ, मूल्य वृद्धि नियन्त्रण भएको छ । इतिहासमै पहिलोपटक संघीयताको प्रयोगमार्फत सिंहदरबारको अधिकार गाउँ–नगरमा पुगेको छ । २० वर्षदेखि रोकिएको स्थानीय निर्वाचन सम्पन्न गरिएको छ । यति ठूला काम गरेर पनि हामीले जस लिन सकेनौँ ।’

प्रधानमन्त्री प्रचण्डलाई सांसदहरूका प्रश्न

१. विगत चुनावको समीक्षा पार्टीभित्र खोइ रु किन नगरिएको ?

२. मानपदवी वितरण प्रक्रिया के हो ? यो किन विवादमा आयो ?

३. अब बन्ने सरकारमा माओवादीको सहभागिता के–कस्तो हुन्छ ?

४. पटक–पटक चुनाव मिति किन सारियो ?

प्रचण्डको जवाफ:-

माओवादी नेतृत्वको सरकारले दूरगामी महत्व राख्ने र इतिहासमा मानकसिद्ध हुने काम गर्यो । लोडसेडिङको अन्त्य गर्यो । उज्यालो युगको सुरुवात भयो । वर्षौँदेखि रोकिएको १४ सय किमिको हुलाकी राजमार्ग हाम्रै पालामा बन्दै छ । हाम्रै पालामा महाकालीमा पुल बन्दै छ, १४ वटा ठूला सडक हाम्रै पालामा बन्दै छन् । फास्ट ट्र्याक शिलान्यास गरेर काम अघि बढी नै सक्यो, बुढीगण्डकी जलाशययुक्त आयोजना सुरु हुँदै छ । आर्थिक वृद्धिदर ७।५ प्रतिशत पुगेको छ, मूल्य वृद्धि नियन्त्रण भएको छ । इतिहासमै पहिलोपटक संघीयताको प्रयोगमार्फत सिंहदरबारको अधिकार गाउँ–नगरमा पुगेको छ । २० वर्षदेखि रोकिएको स्थानीय निर्वाचन सम्पन्न गरिएको छ । तर, यति ठूला र इतिहासमै मानक बन्ने काम गरेर पनि हामीले जस लिन सकेका छैनौं । अरुले गफै गरेर चर्चा बटुले । तर, हामीले कामको जस पनि लिन जानेनौं । अरुले पिठो वेचे हामीले चामल पनि वेच्न सकेनौं ।

सडकमै भेटिन्नन् भन्नेहरू तालमेल गर्न खोज्दै छन्

निर्वाचनको समिक्षा गर्नैपर्छ । तपाईहरुले उठाउनु भएको कुरा जायज छ । हाम्रो संगठनात्मक आधार खराव थियो, हाम्रा संगठनहरु वनेकै थिएनन् । पार्टी विभाजित भएर अस्तब्यस्त वनेको थियो । हामी विभाजितहरुले नै एकले अर्कोलाई विगतमा हिलो छ्याप्ने काम पनि गर्यौं । यसले पनि हाम्रो इतिहासलाई धुमिल बनाएको थियो । तर, केही समययता हामीले विभाजित माओवादी एक बनाएका छौँ । तर पनि संगठनात्मक समस्या हल भएका थिएनन् । यस्तो अवस्थामा हामी चुनावमा गएका थियौँ । हामीलाई कतिपयले असाध्यै होच्याउने र सडकमा अब माओवादी भेटिन्नन्सम्म भनेका थिए । पत्तासाप नै हुन्छ भन्नेहरू पनि थिए । हाम्रो जित–हार जे भए पनि हामीलाई कसैले परास्त गर्न सकेनन् । सडकमै भेटिन्न भन्नेहरू अहिले चुनावी तालमेल गर्न, माओवादीको चुनाव चिह्नमा चुनाव लड्न खोजिरहेका छन् । यसले पनि देखाउँछ हामी निराश भइहाल्नु पर्ने अवस्था छैन ।

रमजानका कारण निर्वाचन मिति सर्यो

निर्वाचन सामान्य प्राविधिक विषय होइन, यसको ठूलो राजनीतिक महत्व छ । यसभित्र राष्ट्रिय एकता एवं स्वाभिमानको रक्षा गर्ने, हिमाल, पहाड र तराई–मधेशको एकता सुदृढ गर्ने आकांक्षा लुकेको छ । हामी एकै चरणमा निर्वाचन चाहन्थ्यौं । तर, त्यसो गरेको भए निर्वाचन नै नहुने खतरा थियो । सिंगो देशलाई नै निर्वाचनमा लैजाने कुराको ठूलो महत्व छ । मुस्लिम समुदायको रमजानलाई ख्याल गरेर असार १४ गतेका लागि निर्वाचन सार्ने निर्णय गरिएको छ, ९ गते मुस्लिम समुदायको पर्व रामजानको अन्तिम शुक्रबार पर्दोरहेछ । मधेसवादी दलले पनि लम्ब्याउन चाहेको र मुस्लिम समुदायले पनि आफ्नो पर्वका वेला नपार्न आग्रह गरेपछि १४ असारमा सारिएको हो । अब राजपा पनि निर्वाचनमा आउँछ । एमालेको पनि आलोचनात्मक समर्थन छ । असार १४ को निर्वाचन फेरि सर्दैन, चुनाव हुन्छ, मौसमविद्हरूसँग पनि राय लिएका कारण मौसमले निर्वाचन प्रभावित हुँदैन भन्ने विश्वास छ ।

अब देउवाको नेतृत्वमा सरकार

संविधान कार्यान्वयनको चरणसम्म सहमतीय सरकार निर्माण भएको भए असाध्यै राम्रो हुन्थ्यो । तर, त्यो सम्भावना करिब अन्त्यजस्तो देखिएको छ । अब कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्छ । सरकारमा हाम्रो पार्टी महत्वपूर्ण गठबन्धन दल वन्छ । अबको सरकारमा पहिला भन्दा समावेशी समानुपातिक रुपमा मन्त्रीहरु वनाउने प्रतिवद्धता म जनाउँछु । अबको सरकारमा पहिलाभन्दा बढी समावेशी प्रतिनिधित्व गराउनुपर्छ ।

मानपदवीको निर्णय गृहले गरेको हो

मानपदवीको विषयमा प्रधानमन्त्री कार्यालयले निर्णय गरेको होइन । यस विषयमा गृहमन्त्रालयभित्रै एउटा कमिटि हुन्छ । त्यही कमिटिले निर्णय गरेर कसलाई मानपदवी दिने भन्ने हुन्छ । उसले के आधारमा क कसलाई दिने निर्णय गरेको हो, यस विषयमा प्रधानमन्त्री कार्यालयको कुनै हात छैन ।

एजेन्डा लिएर गाउँ जानुस्

माओवादीले कांग्रेस–एमालेसरह सिट त पहिलो चरणको निर्वाचनमा ल्याएन । ल्याउने हाम्रो अपेक्षा पनि थिएन । हाम्रा लागि संगठन ब्युँताउने र गाउँ तहसम्म पार्टी सञ्जाल विस्तार गर्ने कुरा नै ठूलो थियो । माओवादीको एजेन्डामा देश हिँडिरहेका वेला यसलाइ गाउँसम्म पुर्याउने, बुझाउने मुख्य कुरा हो । तपाईंहरू गाउँ–गाउँ पुगेर माओवादी नेतृत्वको सरकारले गरेका कामको प्रचार गर्नुस्, जनतालाई बुझाउनुस् ।

विशिष्ट परिस्थितिमा अग्रगामी बजेट : अर्थमन्त्री

अर्थमन्त्री कृष्णबहादुर महराले निर्वाचन आचारसंहिता जारी भएको, सरकार आफैँ कामचलाउ अवस्थामा पुगेको विशिष्ट परिस्थितिमा पनि अग्रगामी बजेट ल्याएको बताएका छन् । संघीयताको विषयलाई सम्बोधन गर्ने गरी सरकारले बजेट ल्याएको उनको भनाइ छ । ‘सिंहदरबारको अधिकारलाई गाउँ तहमै सुनिश्चित गर्ने गरी यसपालिको बजेट आएको छ ।’ – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ? रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी पुनःनिर्माणका काममा लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि.. जीपबाट खसेर बालकको मृत्यु सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु, २ जना घाइते सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो भारतीय कप्तान रोहित शर्माले मागे माफी शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल ‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय