२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

शैक्षिक सत्र सुरु भएको चार महिना वित्दापनि विद्यार्थिले अझैँ पाठ्यपुस्तक पाएनन्

२०७४, १८ जेष्ठ बिहीबार ०२:५०

जेठ १८, जुम्ला । जुम्लामा शैक्षिक सत्र सुरु भएको चार महिना वितिसक्दा पनि चन्दननाथ गुरुकुल पाठशाला जुम्ला बजारका विद्यार्थिले अझैँ पाठ्यपुस्तक पाएका छैनन् । पाठ्यपुस्तक नपाएपछि पठनपाठनमा समस्या भएको विद्यार्थिहरुले साझा सवालललाइ गुनासो गरे । गुरुकुल पाठशालाका प्रधानाध्यापक विश्वराज उपाध्यायले शैक्षिक सत्र सुरु भएको पहिलो सातामै पाठ्यपुस्तकका लागि माग गरिएको हो, तर अहिलेसम्म प्राप्त नभएको बताए ।       

उहाँले भने, पाठ्यपुस्तक नभएपछि पठनपाठनमा समस्या भएको छ । यस विषयमा पटक पटक जिल्ला शिक्षा कार्यालय जुम्लासँग अनुरोध गर्दा पनि सुनुवाई भएको छैन । प्रधानाध्यापक उपाध्यायका अनुसार अहिले गुरुकुल पाठशालामा कक्षा ३ सम्म पठन पाठन भईरहेको छ । २ कक्षासम्मको बालबालिकाले पुराना पाठ्यपुस्तक अध्ययन गरीरहेका छन् भने कक्षा ३ का बालबालिकाले पाठ्यपुस्तक नपाएर पठनपाठनमा समस्या भईरहेको बताए ।  

कर्णालीमा फागुन पहिलो साता देखि शैक्षिक सत्र शुरु हुने गरेपनि जेठ महिनाको आधा समय वितिसक्दा पनि पाठ्यपुस्तक बालबालिकाले प्राप्त गर्न सकेका छैन । चन्दननाथ गुरुकुल पाठशालामा अहिले १५ जना छात्रा र २५ जना छात्र गरी ४० जना बालबालिका अध्यययन गरिरहेका छन् ।

उक्त पाठशालामा गुरुकुल सामाजिक, सस्कृत रचना, सस्कृत भाषा, गुरुकुल नेपाली विषयहरु पठनपाठन भईरहेको छ । उता जिल्ला शिक्षा अधिकारी कुलबहादुर फडेराले पाठ्यपुस्तक माग गरेपनि समयमा प्राप्त नभएको बताए । उहाँले भने, म आफै सम्वन्धीत निकाय तथा पाठ्यक्रम विकास केन्द्रमा पुगेर त्यसको छिट्टै व्यवस्थापन गर्ने छु ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी