2026-11-02 06:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यौनधन्दामा संलग्न रहेको आरोपमा होटलबाट आधा दर्जन महिला-पुरुष पक्राउ


राम नारायण पंडित/जेठ १८, सिरहा । वेश्यावृतिको आरोपमा मिर्चैयाको कटारी चौकमा रहेको राहुल होटल एण्ड लजँमा प्रहरीले छापामारी गरी आधा दर्जन महिला पुरुषलाई पक्राउ गरेको छ । मंगलबार राति गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीको गस्ति टोलीले होटलमा छापामारी गरि यौनधन्दामा संलग्न रहेको आरोपमा होटलका संचालक सहित आधा दर्जन महिला र पुरुषलाई पक्राउ गरेको छ । 

पक्राउ परेका मध्ये संचालक सहित २ महिला र एक पुरुषलाई सार्बजनिक अपराध अन्तर्गत मुद्धा चलाईएको मिर्चैयाको प्रहरी नायब उपरिक्षक (डिएसपी) गजुसिद्धि बज्राचार्यले बताए । अन्यको चेताबनी दिई परिबारको जिम्मा लगाइएको डिएसपी बज्राचार्यले जानकारी दिए । 

मिर्चैयाको कटारी चौकमा संचालित अधिकांश होटलहरुमा दिनदहारै खुल्लेयाम यौनधन्दा भईरहेको गुनासो बढेपछि निगरानी बढाएको डिएसपी बज्राचार्यले दाबी गरे । सिरहाको मिर्चैया, गोलबजार, लहान लगायतका स्थानहरुमा संचालित अधिकांश होटल तथा लजँसबहरुमा खुल्लेयाम यौनधन्दा भईरहेको स्रोतको दाबी रहेको छ ।

  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्व एनआरएनए अभियानको आधारभूमि, श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित भए : पूर्वअध्यक्ष आरके शर्मा निर्वाचन आयोगमा गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति अद्यावधिक एनपीएल : सुदूरपश्चिमले टस जितेर बलिङ रोज्यो, चितवन ब्याटिङमा कर्णालीलाई ४ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको पहिलो जित साताको पहिलो दिनमै दोहोरो अङ्कले घट्यो नेप्से संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग एलपी ग्यास उद्योगलाई गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य सर्वोच्च अदालतको ५ बुँदे निर्णय सार्वजनिक, निष्पक्ष छानबिन गर्न आग्रह सिंहदरबारमा विपक्षी दलहरूको बैठक सुरु बिचौलिया प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ : कांग्रेस महामन्त्री पौडेल सर्वोच्चमा ४ घन्टादेखि पूर्ण बैठक जारी काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ रोज्यो, कर्णाली ब्याटिङमा मधेस सरकार गठनबारे दलहरूबीच सघन छलफलमा छौँ : प्रचण्ड कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्री शाहको घोषणा : एक महिनाभित्र सबै पालिकाबाट जग्गासम्बन्धी सेवा सञ्चालन गरिन्छ भारी गिरावटपछि आज बढ्यो सुनचाँदीको मूल्य भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते