कृष्ण खनाल/जेठ १७, बुटवल । मौसम अनुकल भएपछि रुपन्देही लगायत यस आसपासका किसानहरुले धानको विउ राख्ने चटारो सुरु भएको छ । 

जिल्ला कृषि विकास कार्यालय  "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण खनाल/जेठ १७, बुटवल । मौसम अनुकल भएपछि रुपन्देही लगायत यस आसपासका किसानहरुले धानको विउ राख्ने चटारो सुरु भएको छ । 

जिल्ला कृषि विकास कार्यालय  "/>

2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुपन्देहीमा धानको ब्याड राख्न शुरु

June 1, 2017


कृष्ण खनाल/जेठ १७, बुटवल । मौसम अनुकल भएपछि रुपन्देही लगायत यस आसपासका किसानहरुले धानको विउ राख्ने चटारो सुरु भएको छ । 

जिल्ला कृषि विकास कार्यालय  रुपन्देहीका अनुसार  किसानहरुले अनुदान धानको विउ लैजाने काम धमाधाम चलिरहेको छ । अन्य नीजी विउ भण्डार केन्द्र तथा एग्रोभेटहरु भन्दा ४० प्रतिशत अनुदानमा किसानलाई जिल्ला कृषि विकास कार्यालयले धानको विउ उपलब्ध गराउदै आएको छ । 

केन्द्रीय कार्याक्रम अनुसार रुपन्देहीको लागि २ सय  ७० मेट्रिक टन धानको विउ अनुदानको लागि आएको थियो । सोही अनुरुपा अहिले किसानहरुले धानको विउ लैजाने क्रम जारी रहेको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटा बताउछन् । उनका अनुसार ४० प्रतिशत अनुदानमा किसानलाई धानको विउ वितरण गरिएको  छ । 

केही दिन देखि रुपन्देही लगायतका जिल्लाहरुमा बर्षा भएको कारण किसानहरुले विउ राख्ने सुरसार गरेका हुन भने अझै आतिसक्नुपर्ने अवस्था भने नभएको  कृषि प्राविधिहरु बताउँछन् । खासगरी २१ दिन को धानको विउ रोप्दा उपयुक्त  हुन्छ , त्यो भन्दा ढिलो गरी धानको विउ रोप्दा विउ नजाग्नुको साथै रोग किराको समेत अक्रमण बढि हुन्छ  । त्यसकारण कृषि प्राविधिकहरुले अहिले  सिंचाईको सुविधा भएको स्थानमा धानको विउ राख्ने सुरसार गर्नु राम्रो हो , तर अझै  पनि आत्तिसक्नुपर्ने अवस्था छैन । रुपन्देहीमा किसानहरुले असार महिनाको सुरुवाती देखि साउन महिनाको अन्त्य सम्म धान रोप्दै आएका छन् । 

सिमिति क्षेत्रफलमा धान खेती गरी बढि भन्दा बढि उत्पादन गर्नुपर्ने बाध्यता किसानहरु संग रहेको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ । अव धान खेतीको उत्पादन बृद्धिका लागि आधुनिकखेती प्रणाली अबलम्बन  गर्नुको साथै जग्गा चाक्लाबन्दी गरेर खेती गर्नुको विकल्प नभएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटा बताउछन् । 

उनी भन्छन्–‘अव धान खेतीको उत्पादन वृद्धिको लागि सामुहिक खेती प्रणाली अबलम्बन गर्नु र जग्गालाई चाक्लाबन्दी गरी आधुनिक मेसिन तथा उपकरण प्रयोग गर्नुको विकल्प छैन ।’ 

जिल्ला कृषि विकास  कार्यालय रुपन्देहीको तथ्यांक अनुसार आर्थिक बर्ष २०७२/०७३ मा   आर्थिक बर्ष अघिल्लो बर्षको भन्दा कम कुल ६९ हजार ६ सय हेक्टर क्षेत्रफलमा मात्र धान खेती  भएको छ । जसबाट कुल ३ लाख २० हजार १ सय ६० मेट्रिक टन धान उत्पादन भएको छ । जुन तथ्यांक अघिल्लो आर्थिक बर्षको भन्दा  उत्पादनमा  ९.१७ प्रतिशत र क्षेत्रफलकामा कुल १.२८ प्रतिशत कमी हो । 

रुपन्देहीमा ६९ हजार हेक्टर खेतीयोग्य जमिन छ । जसमध्ये १० हेक्टर क्षेत्रफलमा मात्र बाह्रै महिना सिंचाई सुविधा पुगेको बताइन्छ । कार्यालयले हर्दिनाथ– १, रामधान, सुख्खाधान ३, सुख्खाधान ६, नामका उन्नत बीउ अनुदानमा वितरण गरेको हो ।

कृषि तथा वालि विज्ञान अनुसन्धान केन्द्रबाट  सिफारिस गरिएका  राधा –४ , सा“वा मनसुनी, साबित्री, राधा –१७, सर्जु –५२, सर्जु–३९, लगाएतका धान जिल्लाको हावापानी तथा माटो सुहाउदो भएको  कृषी कार्यालयले  जनाएको छ । हाईब्रेड जातमा  गोरखनाथ र मयुर तथा भारतसंग सिमाना जोडीएका गाविसहरुमा भारतीय विभिन्न  हाइब्रेड जातका धानका विउ समेत रोप्ने गरेको पाइएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन