ओखलढुंगा- भिजन एफएमको लोगो अंकित झण्डा विश्वको सर्वोच्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ओखलढुंगा- भिजन एफएमको लोगो अंकित झण्डा विश्वको सर्वोच्"/>
२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

भिजन एफएमको झण्डा सगरमाथामा फहराईयो

२०७४, १८ जेष्ठ बिहीबार १२:०२

ओखलढुंगा- भिजन एफएमको लोगो अंकित झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराईएको छ । भिजन नेपाल ओखलढुंगाले जिल्लामा सञ्चालन गरेको सामुदायिक रेडियो भिजन एफएम ९०.५ मेगाहर्जको लोगो अंकित झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराईएको हो । खिजीदेम्बा गाउँपालिका ९ पात्लेका सफल सगरमाथा आरोही पेम्बा शेर्पाले भिजन एफएमको झण्डा यहि जेठ ७ गते आईतबार सगरमाथामा फहराउनु भएको हो ।


सगरमाथा चुचुरोमा भिजन एफएमको लोगो अंकित झण्डा फहराउँदै आरोही पेम्बा शेर्पा ।

भिजन एफएमको झण्डा सगरमाथामा फहराउन पाउँदा खुसी लागेको बताउँदै एफएमका कार्यकारी निर्देशक पूर्णप्रसाद न्यौपानेले सामुदायिक रेडियोको विकास र स्थायित्वका लागि आरोही पेम्बा शेर्पाको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । प्रसारण सुरु भएको छोटो समयमा नै अनेकौं सहयोग र सफलता प्राप्त भएको भन्दै न्यौपानेले यसले थप उत्साह थपेको बताउनुभयो । न्यौपानेले भन्नुभयो- ‘मित्र पेम्बाले भिजन एफएमको लोगो अंकित झण्डा सगरमाथा फर्फराएको समाचार सुन्दा रेडियो स्थापना गर्दाको भन्दा ज्यादा खुसी महसुश भएको छ ।’ भिजन नेपालका अध्यक्ष समेत रहनुभएका न्यौपानेले गत महिना राजधानीमा एक कार्यक्रमका बिच आरोही शेर्पालाई सफल आरोहणको शुभकामना सहित भिजन एफएमको लोगो दिएर विदाई गर्नुभएको थियो ।

झण्डा फर्फराएर फर्कनु भएका शेर्पाले तस्बिर हस्तान्तरण गर्दै भिजन एफएमकोे भिजन सगरमाथा जस्तै उच्च रहोस् भन्ने कामना गर्नुभएको छ । ‘स्थापनाको छोटो अवधिमै भिजन एफएमले विकास र परिवर्तनमा खेलेको भूमिका बाट म प्रभावित भएँ र भिजनको झण्डा सगरमाथामा पु¥याएर फर्फराएँ’ शेर्पाले भन्नुभयो‘म कामना गर्छु भिजनको भिजन संधै सगरमाथा जस्तै उच्च रहिरहोस् ।’ आफुले आठौँ पटक सगरमाथा आरोहण गर्दा पहिलो पटक सञ्चारसंस्थाको झण्डा सगरमाथामा फहराउन पाउँदा खुसी लागको उहाँको प्रतिक्रिया छ ।
आरोही पेम्बाले यो सँगै आठौँ पटक सगरमाथाका सफल आरोहण गरि सक्नु भएको छ । यस अघि सात पटक नेपालीभूमीबाट सगरमाथा आरोहण गर्नुभएका शेर्पाले यस पटक चीनको तिब्बत हुँदै आरोहण गर्नुभएको हो । शेर्पाले तिब्बत हुँदै सगरमाथा आरोहण गरेको यो पहिलो पटक हो ।
विभिन्न चरणमा गरेर आठौँ पटक सगरमाथा सफल आरोहरण गरिसक्नु भएका शेर्पाले अर्को वर्ष नेपाली भूमीबाटै फेरि सगरमाथा चड्ने तयारी थाल्नु भएको छ । तुलनात्मक रुपमा नेपालबाटै सगरमाथा आरोणगर्दा देश र आरोहीदलका सदस्यहरुलाई फाईदा हुने महसुस भएकाले अर्को वर्ष नेपालबाटै सगरमाथा चड्ने निश्चीत भईसकेको उहाँले बताउनुभयो । अझै केही पटक सगरमाथा आरोहण गर्ने पेम्बाको योजना छ ।
परिवर्तनका लागि भिजन भन्ने मुल नाराका साथ गत फाल्गुण २ गतेबाट औपचारिकरुपमा प्रसारण सुरु गरेको भिजन एफएम ओखलढुंगा सहित आसापासका ३५ भन्दा बढि जिल्लामा प्रत्यक्ष सुन्न सकिने रेडियोका व्यवस्थापक एसबी जेरोले बताउनुभयो । अनेकौं चुनौतीका बाबजुत पनि स्थापना गरिएको रेडियोले छाटो समयमा सफलताको संकेत देखाएको भन्दै सहयोगीहरु प्रति आभार व्यक्त गर्नुभयो । भिजनको झण्डा सगरमाथामा पु¥याउनु लाई सफलताका रुपमा लिईएको उहाँको भनाई छ ।
विहान ४ः४५ बजे देखि प्रसारण सुरु हुने भिजन एफएम राती १०ः३० बजे सम्म प्रसारणमा रहने गरेको छ । हरेक घण्टा ताजा समाचार सँगै समयको आवश्कता र स्रोताका माग अनुसारका कार्यक्रमहरु प्रसारणमा ल्याउन सुरु गरिएको रेडियोका स्टेशन म्यानेजर रविन श्रेष्ठले बताउनुभयो । करिब एक दशक देखि पत्रकारितामा सकृय ओखलढुंगाका तीनभाई पत्रकार न्यौपाने,श्रेष्ठ र जेराेले भिजन नेपाल मार्फत भिजन एफएम सञ्चालन गर्नुभएको हो । भिजन नेपाल ओखलढुंगाले भिजन नेपाल साप्ताहिक समेत प्रकाशन गरिरहेको छ । भिजन एफएम जिल्लामा सबै भन्दा बढि क्षेत्रमा प्रसारण पहुँच भएको रेडियो हो,भने भिजन नेपाल साप्ताहिक जिल्लाकोएकमात्र नियमीत प्रकाशनमा रहेको पत्रिका हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल