जेठ १९, नवलपरासी । नवलपरासीको गैंडाकोट नगरपालिकाले सम्भवतः नेपालमै पहिलो पटक ज्येष्ठ नागरिकलाई निःशुल्करुपमा यात्रा गर्न सकिने व्यवस्था मिलाएको छ ।

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ १९, नवलपरासी । नवलपरासीको गैंडाकोट नगरपालिकाले सम्भवतः नेपालमै पहिलो पटक ज्येष्ठ नागरिकलाई निःशुल्करुपमा यात्रा गर्न सकिने व्यवस्था मिलाएको छ ।

<"/>
२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नेपालमै पहिलोपटक नवलपरासीमा ज्येष्ठ नागरिकलाई सिटी बसमार्फत निःशुल्क यात्रा

१९ जेष्ठ २०७४, शुक्रबार १०:१५


जेठ १९, नवलपरासी । नवलपरासीको गैंडाकोट नगरपालिकाले सम्भवतः नेपालमै पहिलो पटक ज्येष्ठ नागरिकलाई निःशुल्करुपमा यात्रा गर्न सकिने व्यवस्था मिलाएको छ ।

गैंडाकोट नगरपालिका कार्यालयले गैंडाकोट नगर क्षेत्रका ७० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि सिटी बसमार्फत निःशुल्क यात्रा गर्न सकिने गरी व्यवस्था मिलाएको हो । गैंडाकोटका ज्येष्ठ नागरिकले स्थानीयस्तरमा गैंडाकोट र चितवनको भरतपुरको सबै क्षेत्रदेखि पश्चिममा नवलपरासीको रजहरको शाश्वतधाम, पूर्वमा देवघाटसम्मको धार्मिक यात्रा अब निःशुल्क गर्न पाउने गैंडाकोट नगर कार्यपालिकाले जनाएको छ ।

अबदेखि गैंडाकोटको महत्वपूर्ण धार्मिक र ऐतिहासिक क्षेत्रमा, घनाबस्ती भएका सम्पूर्ण क्षेत्रमा कुना कुनामा सिटी बस जाने भएको छ । त्यसका लागि ७० वर्षमाथिका ज्येष्ठ नागरिकले आ–आफ्नो वडा कार्यालयबाट निःशुल्क यात्राको सिफारिस लिई सिटी बसको कार्यालयमा गएर परिचयपत्र बनाउन सकिने गैंडाकोट नगरकार्यपालिकाले जनाएको छ ।

ग्लोबल मेट्रो सिटी बस प्रालिका अध्यक्ष बद्रीप्रसाद अधिकारीका अनुसार बिहान ६ देखि बेलुका ७ बजेसम्म नारायणगढदेखि शाश्वतधामसम्म ६ वटा बस सञ्चालनमा आउनेछन् ।

त्यसैगरी, स्थानीयस्तरमा पनि सिटी बसमा निःशुल्क यात्रा गर्न ज्येष्ठ नागरिकलाई व्यवस्था मिलाइएको गैंडाकोट नगरकार्यपालिकाले जनाएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने