२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बिद्युत कार्यालयको चरम लापरवाहीले ४ बर्ष देखी बस्ती अन्धकार

२ बैशाख २०७३, बिहीबार ०८:०८

विमल धामी, बैशाख २, कञ्चनपुर / कञ्चनपुर जिल्लाको दक्षिणि क्षेत्र बेल्डाँडी नगरपालिका–८ बैवाहमा बिगत ४ बर्ष यता देखी सरकारले कसम खानको लागी बत्ती पुर्याएको छ । तर त्यो लाईटले बस्तीमा उज्यालो भने दिएको छैन् ।

त्यो लाईटले मोवाईल चार्ज पनि नहुने स्थानियको भनाई रहेको छ । एक स्थानिय एस.एल.सी दिएर बसेका बिद्यर्थीले भने “ हामी बालबालिकाले पढ्न पाउँने अधिकार समेत यो सरकारले बत्ती नदिएर हाम्रो अधिकार हनन गरेको कुरा बताए । हाम्रो घरमा लाईट जडान गरेको छ तर डिमलाईटको कारण उज्यालो नभए कसरी अध्यन गर्ने ।”

स्थानिय बासीहरु भन्छन् यो सरकार धनीहरुका लागी मात्र रहेछ । बोल्ने मान्छेहरुका लागी मात्र रहेछ । हाम्रो यहाँका मान्छे ईमान्दार हुनाले हामीलाई हेर्ने दृष्टी हेपाह प्रकारको रहेको स्पष्ट देखीएको छ । अर्का स्थानिय पर्वत कडालले भने बिगत ४ बर्ष यता देखी बैवाह बैजनाथ टोलाका नागरिकहरुले मोवाईल चार्ज गरेको मात्र महसुल तिरिरहेका छौँ ।

भोट माग्ने बेला नेताहरु हाम्रो घर दैलोमा बिरालोको भेष गरेर म्याउँ म्याउँ गरेर ठुला ठुला भषण गर्ने जिते पछि वास्ता नगर्ने नेताहरुको धर्म बनेको छ । उनले भने हामीले कस नेताको कर्ज लिएका रहेछौ किन हामीलाई यस्तो ब्यबहार गरिदै छ । हामीले हिजो अस्ती मात्र महेन्द्रनगरको १मोवाईल पसलमा बिद्युत सर्टका कारण आगलागी भयो भन्ने सुन्यौ तर हाम्रो बैबाहमा जिब्रोमा करेन्ट लगाए पनि करेन्ट लाग्दैन कही बिद्युत पावरले आगलागी हुन्छ कही जिब्रोमा पनि करेन्ट लाग्दैन ।

अर्का स्थानिय धनराज उपाध्यायले भने हामीले बिद्युतको नियम अनुसार मिटर लागाएको पैसा खाली महिनेवारी तरिकाले तिरीरहेका छौँ । हामीले ४बर्ष सम्म त बिद्युत महसुल तिर्यौ । अव पनि हाम्रो ठाउँमा ट्रान्समिटर राखीदैन भने यो सरकारले हामीलाई दिएको बिद्युत लाईन पनि फिर्ता लिन अनुरोध गर्ने जनाए । उनले भने हाम्रो यहाँ ट्रान्समिटर राखे वाड नं.८,९ र १०का नागरिकहरु लाभाम्बित हुने बताए ।

यस पालिको बस्तीस्तरको योजना छनौट प्रकृयामा पनि वडा नं.८,९र१० बाट बैबाहको बैजनाथ टोलमा ट्रान्समिटर राख्ने निर्णय ३वटै वडा देखी गरिएको छ । तर यहाँका नेताहरुले यसको बारेमा के भयो भन्ने कुरा जानकारी नभएको बताए । गर्मी महिना लाग्ना साथ स्थानियमा चिन्ता हुन थालेको छ । बेलौरी बिद्युत कार्यालयले आउँछ भन्ने खाली आशवासन मात्र दिईराखेको छ । कहिले आउँने भन्ने मिति थाहाँ नभएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य