५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पतञ्जलि योग समिति कञ्चनपुर द्वारा बृहद् योग शिविरको आयोजना

१० बैशाख २०७३, शुक्रबार ०१:३५

भाष्कर के.सी । बैशाख १०, कञ्चनपुर । पतञ्जलि योग समिति कञ्चनपुरले बृहद योग शिविरको आयोजना गर्ने भएको छ ।

वर्तमान समयमा अधिकाँश मानव कुनै न कुनै रोगले ग्रसित रहेको र तनाव, जथाभावी खानपीन, डिप्रेसन, निरासा र उदासीनता बढ्दै गई रहेको अवस्थामा यी सबै समस्याका निराकरण गर्न, कुलत हटाउन र राम्रो संस्कार दिन योग, प्राणायाम, ध्यान र व्यायामको माध्यमबाट जीवन लाई उत्प्रेरित गरी समाज र देशको लागी योग्य नागरिक बनाउन शिविरको आयोजना गरिएको हो । योग शिविरमा प्रशिक्षण दिन स्वामी रामदेव बाट प्रशिक्षित मुख्य योग प्रशिक्षकहरु लाई निम्ताएको पतंजली योग समिति कञ्चनपुरले जानकारी गराएको छ ।

योग शिविरमा प्रवेश पत्र भएकालाई निःशुल्क स्वास्थ्य परीक्षण पनि गराइने भएको छ । प्रवेशपत्रका लागि पतंजलिको कार्यालयमा विहान १० बजे देखि साँझ ५ बजे सम्म नाम दर्ता गरिरहेको र सो शिविर संचालनकालागि सहयोग स्वरुप रु. १००।– रु.२५०। र रु.५००। को सहयोग राशि राखिएको व्यहोरा पतंजली योग समितिका योग प्रशिक्षक लबराज भट्टले बताउनु भयो । उक्त ८ दिने योग शिविर यही बैशाख ११ गते देखि यही बैशाख १८ गते सम्म विहान ५ बजे देखि ७ बजेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक दुई संसदीय समितिको बैठक आज बस्दै न्युजिल्यान्डले पहिलो पटक उचाल्यो टी–२० महिला विश्वकपको उपाधि आजको मौसम: केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार जलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय असोजमा रोजगारीका बिदेसिए लागि ५३ हजार बढी युवा शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेकी एक महिला प्रहरी नियन्त्रणमा रेमो डिसूजा, उनकी पत्नी सहित अन्य पाँच जनामाथि ठगीको उजुरी