५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

दक्षिणका सडक धुलाम्मे, रोगका सिकार बन्दै जनता

१६ बैशाख २०७३, बिहीबार १०:३७

विमल धामी, बैशाख १६, कञ्चनपुर / कञ्चनपुरको दक्षिणी क्षेत्रका सडकहरु यती बेला धुलाम्मे बनेका छन् । बड्दै गएको गर्मिसंगै अत्यधिक तापक्र्मका कारण माटो सुकेपछि दक्षिणी क्षेत्रका कच्ची सडकहरु धुलाम्मे भएका हुन् । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने दैजी–बेल्डाँडी, कलुवापुर–बेलौरी, डोकेबजार–कालिका–बेलौरी–बेल्डाँडी लगायतका मुख्य सडकहरु यती बेला धुलाम्मे हुँदा सर्वसाधारणहरुलाई आवत–जावतमा समस्या हुनुका साथै उनीहरु रोजका सिकार बनेका छन् ।

सडकभरी धुवा, धुलोका कारण कारण स्वाँस प्रस्वास लिन समेत निकै भएका भएकाले दीर्घकालमा नागरिकहरु रोगका सिकार बन्ने छन् । सडकमा साईकल बाहेकका सवारी साधन गुड्दा धुवाँ धुलो मात्रै उठाएर लग्ने भएकाले सडक छेउछाउका घरहरु समेत धुलोले छिपिएका छन् । सडक छेउमा रहेका हरिया रुखहरु समेत माटोमा परिणत भएका छन् ।

सडक मर्मत तथा सुधारको मुख्य जिम्मा पाएको सडक डिभिजन कार्यालयले सडक मर्मतका बेला कमजोर खालको ग्राभिलिङ्ग गर्दा गर्मियाम शुरुवात संगै कच्ची सडकहरुको अवस्था नाजुक भएको छ ।

सडक सुधारका क्र्ममा कमसल खालको वालुवा भएको ग्राभिलिङ्ग हाल्दा समेत सडकहरु धुवा धुलोमयी बन्दा आवत जावतमा निकै सास्ती खेप्नु परेको छ । सडक कार्यालय र निर्माणकर्ता विच मिलोमतोका कारण सरकारले विनियोजन गरेको बजेट समेत सदुपयोग हुन नसन्दा सर्वसाधारण मारमा परेका छन् ।

हचुवा र काम काट्न ग्राभिलिङ्ग गर्दा गर्मिमा धुलाम्मे, बर्षातमा बालुवा बगेर सडक खाल्टा खुल्टी हुने ग्रामिण सडकका समस्या हुन् । सडक मर्मत गर्दा कागजी रुपमा ठिक ठाक्क पार्ने प्रवृतिका कारण बर्षो बर्ष सरकारले ग्रामिण सडकमा लगाउने बजेट स्वाहा मात्रै भएको छ । दक्षिणका स्थानियहरुले उक्त सडक कालोपत्रे गर्न विगत देखि संघर्ष गर्दै आएका छन् । सरकारले दिएको सानै बजेट भएपनि कार्यान्वयन तहबाट प्रभाकारी हुन नसक्दा ग्रामिण जनताको यात्रा कष्टकर र दुखदायी भएको छ । सम्बन्धीत निकायले यस्ता सडक न कालोपत्रे बनाउदै छ, नत राम्रो ग्राभिलिङ्ग गर्दै सडकको स्तरोन्नती गर्दै छ ।

नत जनताको समस्या बुझेर गर्मियाममा पानी छर्कने काम गरिरहेको छ । केबल जनताको दुखमा रमिता हेरिरहेको छ । दैजी–बेल्डाँडी सडक खण्डमा त झन नहरमा पानी बग्दै छ । यस्तो सुविधा हुँदा समेत सडक कार्यालयले कुनै पनि पहल नगर्नु दुखत विषय हो ।
धुवाँ धुलोले मानव स्वास्थ्यमा कस्तो असर पु¥याउँछ दिनहुँ जसो धुवाँ धुलोका कारण मानव स्वास्थ्यमा समेत नकारात्मक असर पु¥याउने सम्बन्धीत क्षेत्रले जनाएको छ । जिल्ला जनस्वास्थ्य कञ्चनपुरका अनुसार धुँवा धुलो मानव स्वास्थ्यका लागि अत्यन्तै खराब भएको जनाएको छ । जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी तथा किटजन्य रोग अधिकृत हेमराज जोशीले धुँलोमा विभिन्न रोगका किटाणू हुने भएकाले मानव शरिरका लागि खतरा हुने बताउनुभयो ।

उहाँका अनुसार धुँवाका कारण दम खोकी, स्वासप्रस्वारको समस्या, फोक्सो क्षयरोग क्यान्सरको संक्रमणका साथै अक्सिजनको कमिभई विभिन्न खालका रोगहरु लाग्ने छन् । धुँवा बाट बाँच्नका लागि सडक कालोपत्रे अर्थात कच्ची सडकमा हिन्दा माक्स लगाएर हिड्ने र सडकमा पानि छर्कने र सडक किनारमा बृक्षारोपणका साथै धुलो आउँने समयमा घरभित्र सुरक्षित रुपमा बस्नुपर्ने सुझाव छ ।

दैजी–बेल्डाँडी सडक सुधारका संघर्ष समितिका सचिव ओम प्रकास पन्तले सडक सुधारका लागि स्थानिय देखि केन्द्रसम्म धाउदा समेत कुनै पहल नभएको गुनासो गर्नुभयो । संघर्ष समितिको पहलमा सरकारी पक्षबाट पुल र सडक ग्रेडिङ्ग र ग्राभिलिङ्ग हाल्ने काम मात्रै भएको बताउनुभयो । उक्त सडक मर्मत नहुँदा दक्षिणी क्षेत्रको समग्र विकास निर्माण काम भएको बताउनुभयो । सडक कालोपत्रे नहुन्जेलसम्म संघर्ष जारी राख्ने उहाँले बताउनुभयो । यस बारेमा डिभिजन सडक कार्यालय कञ्चनपुरले भने, बजेट अभावका कारण जिल्लाका उक्त सडकहरु कालोपत्रे हुन नसकेको जनाएको छ ।

डिभिजन कार्यालय कञ्चनपुरका डिभिजन प्रमुख विनोद कुमार मौवारले माथिल्लो निकायले बजेट नदिएका कारण सडक कालोपत्रे काम अलपत्र परेको बताउनुभयो । ‘माथिबाट बजेट दिए हामीले काम गर्ने हो, बजेट दिएको छैन्’, उनले भने ‘दैजी–बेल्डाँडी सडक सुधारका लागि डिभिजन कार्यालयले लागत रिर्पोट तयार पारेर माथि पठाएको छ ।’

डिभिजन कार्यालय कञ्चनपुरले हालै ६ लाख भन्दा बढि बजेटले सडक रोलिङ्ग र ग्राभिलिङ्ग समेत गरेको छ । बेल्डाँडी सडक कालोपत्रेका लागि सडक डिभिजन कार्यालय महेन्द्रनगरले सडक विभाग लगायतका सम्बन्धीत निकायहरुलाई २७ करोड, २६ लाख, १९ हजार ४६९ बराबरको लागत स्टमेट तयार पारी पठाएको समेत प्रमुख डिभिजन मौवारले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रबाट बजेट दिए काम दुत रुपमा अघि बढ्ने छ ।

उक्त सडक लगायतका दक्षिणका रणनितिक सडकहरु कालोपत्रे हुन नसक्दा समग्र विकास निर्माण लगायत नागरिकहरुको विकासमा समेत बाधा उत्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक दुई संसदीय समितिको बैठक आज बस्दै न्युजिल्यान्डले पहिलो पटक उचाल्यो टी–२० महिला विश्वकपको उपाधि आजको मौसम: केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार जलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय असोजमा रोजगारीका बिदेसिए लागि ५३ हजार बढी युवा शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेकी एक महिला प्रहरी नियन्त्रणमा