बैशाख १६, कञ्चनपुर । कृषि प्रयोजनका लागि भन्सार छुटमा ल्याईएका कञ्चनपुरका अधिकांश ट्रयाक्टर नियम विपरीत सञ्चालनमा रहेको पाईएका छन । नियमनकारी निकाय महाकाली अञ्चल यातायात कार्यालय कञ्चनपुरले अनुगमन नगर्दा ट्रयाक्टर धनिले मनपरी ढंगले सञ्चालनमा ल्याएका हुन ।
सरकारले कृषि उपकरण प्रयोजनमा ल्याईने ट्रयाक्टरको पाँच प्रतिशत मात्र भन्सार लिने कानुनि प्रावधान छ । यो वाहेकका प्रयोजनका लागि निर्यात भएका ट्रयाक्टरले यो सुबिधा पाउदैन्न । ९५ प्रतिशत भन्सार छुट पाएका अधिकांस ट्रयाक्टरको यो लापरबाहीको हद कञ्चनपुरमा मौलाएको छ । भारी भन्सार छुटमा कृषि उपकरणका रुपमा आयात गरीएका ट्रयाक्टर निर्माण सामाग्री ढुवानि गर्ने लगायतका काममा प्रयोग हुने गरेको पाईएको हो ।
यातायात व्यवस्था कार्यालय महाकाली अञ्चल महेन्द्रनगरमा हजार बढी दर्ता रहेका अधिकाशं ट्रयाक्टरहरु कृषि प्रयोजनका लागि दर्ता भए पनि नियम र कानुनको धज्जी उडाउदै ट्रयाक्टर धनिले निर्माण सामाग्री ढुवानि गर्ने गरेका छन । सवारी साधनको नियमन र अनुगमन गर्ने जिम्मेवारी पाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय र सवारी साधन दर्ता अनुमनि पत्र दिने निकाय यातायात व्यवस्था कार्यालयको लापवार्हीका कारण नियम विपरीत संचालनमा ल्याईएका ट्रयाक्टरलाई कानुनी दायरामा ल्याउन नसकिएको भेटिएको छ ।
महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख खेम प्रसाद चौधरीले कृषि प्रयोजनका लागि दर्ता भएका ट्रयाक्टरले निर्माण सामाग्री ढुवानि गर्न नपाउने बताएका छन ।