५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

जति सरकार फेरीएपनि आरक्ष पीडितका पिडा उस्तै

२० बैशाख २०७३, सोमबार ११:३१

बैशाख २०, कञ्चनपुर ।

भोको पेटमा गाँस दिन नसक्ने सरकारले पीडितको भलो गरेन् । अब अधिकारका लागि फेरी संघर्ष गर्ने

कञ्चनपुरका आरक्ष पीडितहरुले जति सरकार फेरीए पनि आफुहरुका पिडा उस्तै भएको भन्दै सरकारको कडा रुपमा आलोचना गरेको छ ।
सोमबार देखतभूली १ ढक्का बस्तीमा आयोजिता पीडितहरुको आम भेलाले जुन पाटीको सरकार आएपनि आफुहरुका पिडा उस्तै भएको निकर्ष निकालेका छन् । भेलामा सहभागी पीडितहरुले आसै आसमा बनमा १५ बर्ष वितेको बताएका छन् । पीडितहरुले विस्थापित देखि झण्डै दर्जन सरकार फेरीएपनि सरकारी उदाशिनताका कारण आफुहरुको समस्या ज्यूँउका त्यू भएको बताएका छन् । दलगत स्वार्थका कारण आफुहरुको समस्या समाधान हुनुको साटो झन जटिल बन्दै गएको भन्दै पीडितहरुले दलहरुले आफ्ना सामु आश्वासन दिन बाहेक आफ्नो पीडा बारे गम्भिर नभएको गुनासो गरेका छन् ।

संकटकाल देखि गणतान्त्रिक सरकारसम्म आईपुग्दा समेत पीडितहरुको व्यवस्थापनमा कुनै चासो नदेखाईएको पीडितहरुले आरोप लगाएका छन् । पीडितहरुले सरकारी उदाशिनता र अमानवियताका कारण समस्या रतीभर समाधान हुन नसकेको विश्लेषण गरेका छन् ।
दलहरुले आफ्ना कार्यकर्ता पाल्न आयोग गठन गर्ने र उक्त आयोगले भत्ता पचाउने बाहेक कुनै पनि काम गर्न नसकेको बताएका छन् ।

पीडितहरुका नाउमा दलका केही कार्यकर्ताहरुलाई कमाईखाने भाँडो बनेको भन्दै पीडितहरुले अधिकार सम्पन्न आयोग गठन गर्न समेत माग गरेका छन् । आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले अधिकार सम्पन्न आयोग गठन हुन नसक्दा समेत समस्या समाधान हुन नसकेको बताउनुभयो । विच विचमा बनेका केही आयोगहरुले जनताको भन्दा पनि नेताहरुको चाकरी गरेर पीडितहरुलाई झन पिडा दिने काम गरेको अध्यक्ष भण्डारीको विश्लेषण छ ।

ठाकुर आयोगले पीडितहरुलाई न्याय दिनुको साटो उल्टै पिडितलाई पिडा दिने काम गरेको समेत आरक्ष पीडितहरुले दावि गरेका छन् । पीडितहरुले केही दिन भित्रै सरकारले आफुहरुको उचित व्यवस्थापन बारे चासो नदिएर जेठ देखि कडा आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् । पीडितहरुको माग प्रति सरकार गम्भिर र यथाशिध्र काम अघि नबढाए कडा आन्दोलन गर्ने भएका हुन् । पीडितहरुले विगतको आयोगले दुई हजार ४७३ परिवारलाई पहिचान गरेको भन्दै अझै पनि छुटपुट भएकाले पहिचान भएकालाई व्यवस्थापन गर्नुपर्ने र बाँकीको समेत पहिचान गरेर व्यवस्थापन गर्नुपर्नेमा जोडदिएका छन् ।

विस २०५८ सालमा तत्तकालिन प्रधानमन्त्री शेर बहादुर देउवाले संकटकालको मौका छोपी जनताको घरमा बन्दुकको नाल देखाउदै विस्तापित गरेको र अब देउवा प्रधानमन्त्री बन्ने भएकाले फेरी पनि देउवाले स्थापित गर्ने आशा लिएका छन् । विस्थापित भएदेखि पीडितहरुको घरबार तहस नहस भएको छ । आरक्ष विस्तारका क्रम्मा विस्थापित गराईएका पीडितहरु विभिन्न शिबिरमा खुला आकासमुनी बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक दुई संसदीय समितिको बैठक आज बस्दै न्युजिल्यान्डले पहिलो पटक उचाल्यो टी–२० महिला विश्वकपको उपाधि आजको मौसम: केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार जलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय असोजमा रोजगारीका बिदेसिए लागि ५३ हजार बढी युवा शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेकी एक महिला प्रहरी नियन्त्रणमा