2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

झर्नाखोला नियन्त्रण योजना अलपत्र

बैशाख २२ , कञ्चनपुर । कञ्चनपुरको झर्नाखोला नियन्त्रण योजना अलपत्र परेको छ । दुई बर्ष अघि महाकाली सिँचाई व्यवस्थापन डिभिजनले बनाएको झर्नाखोला नियन्त्रण योजना अहिले आएर अलपत्र परेको हो ।

महाकाली सिँचाईका तत्कालिन डिभिजन प्रमुख रोशन कुमार प्रधानका पालामा बनेको बृहद योजना हाल गुम भएको छ । उक्त योजना गुम हुँदा फेरी पनि जिल्लाको दक्षिणी क्षेत्रका दुई नगरपालिकाका खेतीयोग्य भूमी पुनः बालुवामा परिणत हुने खतरा छ ।

आठ वर्ष देखि लगातार रुपमा झर्नाखोलामा आईरहेको बाढिका कारण उब्जाउ भूमि कटानी ,पटानी भईरहेको छ । तत्तकालिन डिभिजन प्रमुख प्रधानले स्थानियहरुको माग अनुसार नहरको संरक्षणका साथै किसानहरुको उब्जाउभूमी बचाउ गर्ने उदेश्य अनुरुप झर्नाखोलामा एक बक्स कल्र्भटका साथै झर्नाखोला कम्पाउन्ड क्षेत्र संरक्षणका लागि सात करोडको आयोजना अघि सारेका थिए । सोही समयमा सरकारी तहबाट बजेट नदिदा उक्त योजना कामगजमै सिमित थियो ।

महाकाली सिँचाई व्यवस्थापन डिभिजन नाम संशोधित (महाकाली पथरैया मोहना सिँचाई व्यवस्थापन डिभिजन) ले हालै बेलौरी–बेल्डाँडी क्षेत्रमा १८ करोड लागतमा काम शुरु गरेको छ । डिभिजनले आईडब्लू आरएम्पी कार्यक्रम मार्फत उक्त क्षेत्रको नहर प्रणाली सुधारका लागि कार्यक्रम संचालन गरेपनि झर्नाखोलाको विषयमा भने, केही काम हुन लागेको छैन् ।

तर उक्त कार्यक्रम शुरु गरेपनि यस अघि बनेका योजना कोल्याप्स हुनु दुखत विषय हो । बनेका योजना यसरी कोल्याप्स हुनाले नागरिकहरु अझै चिन्तत बनेका छन् । झर्नाखोला संरक्षण योजना निर्माण हुँदा उक्त क्षेत्रका स्थानियहरु हर्षित भएपनि हाल आएर योजना नै गुम हुनु कर्मचारीतन्त्रको कमजोरी भएको ठहर छ । झर्नाखोला पीडितहरुले विगतमा बनेको योजना अनुरुसार खोला नियन्त्रण हुनुपर्नेमा जोड दिएका छन् ।

झर्नाखोला पीडित दिनेश ठकुराठीले सिँचाईका कर्मचारीहरुले झर्नाखोला नियन्त्रणका लागि बनेको योजना रोशन प्रधानले सरुवा हुँदा फाईलै लगेर गएकाले खोला नियन्त्रणमा समस्या भएको रहस्य खुलेको बताएका छन् । उहाँले भन्नुभयो–‘अधुरा टर्सरी बनाउन फिल्डमा पुगेका महाकाली सिँचाईका कर्मचारीहरुलाई मैले झर्नाखोला नियन्त्रण, सिमसार व्यवस्थापनका लागि डे«न्च खन्ने कहिले देखि हो भनि सोध्दा, उनीहरुले झर्नाखोलाको योजना प्रधानले लगेको बताए ।’ खोला नियन्त्रण र सिमसार व्यवस्थापन भई खेतीपाती गर्ने आसमा बसेका हामी स्थानियहरुलाई कर्मचारीहरुले गुम्राहमा पारेको पीडित ठकुराठीको गुनासो छ ।

कर्मचारीहरुका कारण आज हजारौँ किसानहरु मारमा परेको उनको भनाई छ । बर्षदिन नबित्दै कार्यालय प्रमुखहरु फेरिएकाले यस्ता विकास निर्माणमा समेत समस्या देखिएका छन् । कर्मचारी स्रोतका अनुसार हरेक योजनामा प्रमुख र केही कर्मचारीहरुलाई कमिसन आउँछ, तर उक्त योजनामा कमिसन खाने बाटो नदेखेपछी नत बजेट ल्याए, नत आईडब्लूआरएपी कार्यक्रम अन्र्तरगत उक्त योजना पास गराए ।

झर्नाखोलाका कारण बेलौरी–बेल्डाँडी नगरपालिकाको उचो जमिन कटानी र तल्लो जमिन सिमसारका साथै पटानी भई खेतीयोग्य भूमि बालुवामा परिणत भएको छ । यसरी सरकारी पक्षबाट चरम लार्पबाहिका कारण आज एक किसानको पेट भोको रह्यो, भोली समाज हुँदै कातान्तरमा राष्ट्रभरी भोकमरी यस्तै कारण बाट हुने छ । सिँचाईका कारण आज दक्षिणी क्षेत्रको हजारौँ विगाह उब्जाउ जमिन बाँझो छ । जसका कारण स्थानिय नागरिकहरुलाई समस्या हुनुका साथै अर्थतन्त्रमा समेत यसले नकारात्मक असर पु¥याएको छ ।

महाकाली पथरैया मोहना सिँचाई व्यवस्थापन डिभिजनका प्रमुख अजय अधिकारीले तत्तकालिन समयमा झर्नाखोला नियन्त्रणका लागि बनेको योजनामा विश्व बैकले बजेट नदिदा खोला नियन्त्रण योजना अलपत्र परेको बताउनुभयो । ‘खोला नियन्त्रणको योजना र विश्व बैकले दिने अनुदान सिमा नपुगेको हो ।’, उनले भने, त्यसैले झर्नाखोला नियन्त्रणका लागि बनेको योजना सफल हुन सकेन् ’ झर्नाखोलाको बक्स कल्र्भड बनाईने प्रमुख अधिकारीले बताउनुभयो । डे«न्च व्यवस्थापनका लागि केन्द्र देखि अध्ययन टोली आउने बताउदै, उक्त टोलीको अध्ययन पश्चात डे«न्च समेत खनिने प्रमुख अधिकारीले बताउनुभयो । उहाँले चार ब्लकमा नहर प्रणाली सुधारका लागि काम संचालन भईरहेको समेत बताउनुभयो । सिँचाईको ६२ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिन भित्रका नहर प्रणालीहरु सुधार गरिने छन् ।

अधुरा टर्सरी निर्माण, लाईनिङ्ग, कम्पाउन्ड क्षेत्र बचाउ, आउटलेट लगायतका कार्यहरु गरिने सिँचाईले जनाएको छ । स्थानियहरुले गाँउका आएको बजेट गुणस्तररिय रुपमा सदुपयोग गर्न अनुरोध गरेका छन् । विगतमा नहर, टर्सरी निर्माणमा अनियमिता भएका कारण सबै क्षेत्रमा सिँचाई नपुगेको भन्दै स्थानियहरुले जनताको काममा अनियमिता गरे अख्तियार धाउने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई