जेठ २५, भक्तपुर | मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा गएराति १ बजे टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

मध्यराति १ बजे भक्तपुरबाट सानोठिमीतर्फ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २५, भक्तपुर | मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा गएराति १ बजे टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

मध्यराति १ बजे भक्तपुरबाट सानोठिमीतर्फ "/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२५ जेष्ठ २०७४, बिहीबार ०३:४३

जेठ २५, भक्तपुर | मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा गएराति १ बजे टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

मध्यराति १ बजे भक्तपुरबाट सानोठिमीतर्फ मोडिँदै गरेको बा ४ ख ८१८० नम्बरको टिपरले काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको बा ७० प ३३२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिनुभयो । 

दुर्घटनामा मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका–२ दुवाकोटका २५ वर्षीय नीरज मल्ल ठकुरीको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार निजकै भाइ वर्ष २२ का अजय मल्ल ठकुरी गम्भीर घाइते भएका छन् । 

दुर्घटनापछि उपचारका लागि दुवै घाइतेलाई नागरिक अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि बिएन्डबी अस्पताल, ललितपुर लगिएको र उपचारकै क्रममा एकको मृत्यु भएको र घाइतेको उपचार भइरहेको छ । 

महानगरीय प्रहरी वृत्त थिमिको टोलीले टिपर र टिपर चालक सिन्धुपाल्चोक घर भई हाल चाबहिल बस्दै आएका गोविन्द गिरीलाई नियन्त्रणमा लिएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य