सागर शर्मा/जेठ २५, प्युठान । आफ्नै कार्यालय प्रमुखले आफुमाथी जातीय विभेद गरेको जिल्ला शिक्षा कार्यालय प्युठानका विद्यालय निरिक्षक पुर्णवहादुर विश्वकर्माले आरोप ल"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सागर शर्मा/जेठ २५, प्युठान । आफ्नै कार्यालय प्रमुखले आफुमाथी जातीय विभेद गरेको जिल्ला शिक्षा कार्यालय प्युठानका विद्यालय निरिक्षक पुर्णवहादुर विश्वकर्माले आरोप ल"/>
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानका जिल्ला शिक्षा अधिकारीले जातीय विभेद गरेको कर्मचारीको आरोप

२०७४, २५ जेष्ठ बिहीबार ०६:४२

सागर शर्मा/जेठ २५, प्युठान । आफ्नै कार्यालय प्रमुखले आफुमाथी जातीय विभेद गरेको जिल्ला शिक्षा कार्यालय प्युठानका विद्यालय निरिक्षक पुर्णवहादुर विश्वकर्माले आरोप लगाएका छन ।  

जिल्ला शिक्षा कार्यालय प्युठानका शिक्षा अधिकारी कल्पना घिमिरेले आफुलाई लक्षित गरि सामाजिक संजाल फेसबुक मार्फत जातीय विभेद गरेको उहाँले आरोप लगाउनुभएको हो । 

बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै विश्वकर्माले शिक्षा अधिकारीको सामाजिक संञ्जाल मार्फत दिएको अभिव्यक्ति आफुमाथी लक्षित भए पनि सिंगो दलित समुदाय माथीनै आँच पु¥याएको बताए ।  कार्यालय प्रमुखले सामान्य माफी मागेको भन्दै न्यायका लागि अदालत जाने उनले बताए । 

राष्ट्रिय दलित कर्मचारी समाजका केन्द्रिय उपाध्यक्ष समेत रहेका विश्वकर्माले उक्त विषयसँगै कार्यालयका कर्मचारीहरुलाई धम्की र त्रास दिने गरेको आरोप लगाए । झण्डै सात महिना अगाडी आफ्नो जन्मदिनको निम्तोमा शिक्षा अधिकारी उपस्थिति भएको र हाल त्यहि विषयलाई जोडेर फेसबुक  स्टयाटस मार्फत आफु र दलित समुदायलाई नै विदेभ गरेको उनको भनाई छ ।  

जिशिअ घिमिरेले जेठ १६ गते आफ्नो फेसबुक स्टयाटसमा “मैले मेरो जन्मदिन हालसम्म मनाउने गरेकी छैन एकदिन आफ्नो जन्मदिन भनेर एकजनाले मरिहत्तेगरेपछि सुख नपाएर गए किनकी  दलित भनेर आइन भन्छन भन्ने डरले हाल तिनको स्वभाव देख्दा वान्ता आइराछ ।”  लेखेकी थिईन  । 

कार्यालय प्रमुख घिमिरेले उक्त ‘स्टयाटस’ प्रति क्षमा मागि सकेको बताईन । विश्वकर्मालाई लक्षित गरि उक्त ‘स्टयाटस’ नलेखिएको भन्दै त्यसले परेको नकारात्मक असर प्रति आफुले माफी मागेको प्रतिक्रिया दिईन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित