१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

स्थानीय कुखुराको माग बढ्दो

१० माघ २०७१, शनिबार ००:३७

गंगराज पण्डित/माघ-८, बाजुरा । जिल्ला सदरमुकाम मार्तडी लगाएतका अन्य बजारमा स्थानीय कुखुराको माग बढेको छ ।

एक साता देखि बढेको चिसोसंगै मासु तथा तातो झोल बनाएर खानको लागि स्थानीय बजारमा कुखुराको माग बढेको हो । लोकल कुखुराको मासु स्वास्थ्यका लागि बढी फाइदा हुने भएकोले विभिन्न कर्मचारी लगायत विभिन्न व्यक्तिहरुले स्थानीय कुखुरा नै खोज्ने गरेका छन् ।

बजारमा जिल्ला बाहिरबाट जाँच विना व्याइलर र क्वाइलर कुखुराहरु भित्रिन थालेपछि स्थानीय कुखुरा बजारमा आउनै छोडेको व्यापारीले बताउने गरेका छन् । स्थानीय बजारमा जिउँदो स्थानीय कुखुराको मूल्य प्रतिकिलो ८ सय बढी रुपैयासम्म पर्ने गरेको छ ।

ब्रोइलर कुखुराको मासु सस्तो भएपनि मिठो र स्वास्थ्यलाई फाइता जनक नहुने भएपछि स्थानीय कुखुराको माग बढेको हो । स्थानीय कुखुराको मासु स्वास्थ्यका लागि पनि बढी फाइदा जनक हुने गरेको पशु स्वास्थ्य कर्मीले बताउने गरेका छन् ।

स्थानीय कुखुरा पालकहरुले पनि पछिल्लो समयमा भनेजति मूल्यमा कुखुरा विक्रि हुन थालेपछि उत्साहित भएर कुखुरा पालनमा आकर्षित हुन थालेका छन् । दुई बर्ष यता नै स्थानीय कुखुराको माग बढ्दै गएको भएपनि उत्पादनमा भने वृद्धि नभएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक