१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

उच्च हिमाली भेगमा हिउँपर्न सुरु, चिसाले जनजिवन प्रभावित

१३ भाद्र २०७२, आईतवार ०१:०९

गंगराज पण्डित/मंसि-२७, बाजुरा । जिल्लाका उच्च हिमाली भेगमा हिमपात सुरु भएको छ । हिमाली भेगमा हिमपात सुरुभएसँगै जिल्लामा अत्याधिक चिसो बढेको छ । हिमपात शनिबार बिहानबाट सुरु भएको हो ।

उच्च हिमाली भेगमा हिउपातसँगै चिसोले यहाँका जनजीवन प्रभावित बनेको छ । आकाशमा घाम समेत देखिएको छैन् । बडिमालिका, बुढीनन्दा, पोरखे लगायतका हिमालमा हिउँ पर्न सुरु भएको छ ।

जिल्लामा कात्र्तिकबाटै चिसो बढ्न सुरु भएको हो । चिसोले हिमाली क्षेत्रमा पर्ने बिच्छ्या, रुगीन, कोल्टी, पाण्डुसैन, दहकोट लगायतका गाविसका विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् । भने स्थानीयलाई दैनिक कामकाज गर्न समेत समस्या भएको छ । मौसमी बसाई सरेका भोटेजनजाति परिवारलाई समेत समस्या भएको छ ।

उनीहरु सपरिवार सहित चिसो छल्न वेशी झर्ने गर्दछन् । चिसोले विद्यालय बन्द गर्नु पर्ने समस्याले पाठन पाठन कार्य समेत अवरुद्ध हुने गरेको छ । त्योसँगै छाउपडि र सुत्केरी महिलाहरुलाई पनि समस्या हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार