2026-09-18 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

उच्च हिमाली भेगमा हिउँपर्न सुरु, चिसाले जनजिवन प्रभावित

गंगराज पण्डित/मंसि-२७, बाजुरा । जिल्लाका उच्च हिमाली भेगमा हिमपात सुरु भएको छ । हिमाली भेगमा हिमपात सुरुभएसँगै जिल्लामा अत्याधिक चिसो बढेको छ । हिमपात शनिबार बिहानबाट सुरु भएको हो ।

उच्च हिमाली भेगमा हिउपातसँगै चिसोले यहाँका जनजीवन प्रभावित बनेको छ । आकाशमा घाम समेत देखिएको छैन् । बडिमालिका, बुढीनन्दा, पोरखे लगायतका हिमालमा हिउँ पर्न सुरु भएको छ ।

जिल्लामा कात्र्तिकबाटै चिसो बढ्न सुरु भएको हो । चिसोले हिमाली क्षेत्रमा पर्ने बिच्छ्या, रुगीन, कोल्टी, पाण्डुसैन, दहकोट लगायतका गाविसका विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् । भने स्थानीयलाई दैनिक कामकाज गर्न समेत समस्या भएको छ । मौसमी बसाई सरेका भोटेजनजाति परिवारलाई समेत समस्या भएको छ ।

उनीहरु सपरिवार सहित चिसो छल्न वेशी झर्ने गर्दछन् । चिसोले विद्यालय बन्द गर्नु पर्ने समस्याले पाठन पाठन कार्य समेत अवरुद्ध हुने गरेको छ । त्योसँगै छाउपडि र सुत्केरी महिलाहरुलाई पनि समस्या हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई