२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

लिखु गाउँपालिकाका अध्यक्षद्वारा तलव, भत्ता दलित विद्यार्थीको शिक्षामा खर्च गर्ने घोषणा

२६ जेष्ठ २०७४, शुक्रबार ०२:३२

जेठ २६, नुवाकोट । लिखु गाउँपालिकाका अध्यक्ष धु्रव श्रेष्ठले आफ्नो तलव र भत्ताको रकम आर्थिक अवस्था कमजोर भएका दलित विद्यार्थीको शिक्षामा खर्च गर्ने घोषणा गर्नुभएको छ । 

नेपाली काँग्रेसबाट विजयी श्रेष्ठले सो रकम गाउँपालिकाभित्रका दलित बालबालिकाको शिक्षाको विकास, छात्रावृत्ति, स्टेसनरी, पोसाक लगायतको शीषर्कमा खर्च गर्ने बताउनुभयो । 

“दलित विद्यार्थीलाई शिक्षामा जागरुक बनाएर चेतनाको स्तर वृद्धि गर्न यो घोषणा गरेको हुँ,” अध्यक्ष श्रेष्ठले भन्नुभयो, “माध्यामिक तहसम्म पोसाक, स्टेसनरी, खाजा लगायतका कार्यक्रम चलाउने र उच्च शिक्षा अध्ययनका लागि नगद छात्रवृत्ति दिने योजना बनाएको छु ।” 

गाउँपालिकाभित्र करिब पाँच प्रतिशत दलित जनसङ्ख्या छ । 

यसअघि २०४९ र २०५४ सालमा साबिकको चौघडा गाविसको अध्यक्ष पदमा निर्वाचित हुँदा पनि उहाँले पदमा प्राप्त सुविधालाई जनजाति र दलित विद्यार्थीको हितमा खर्च गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान