2026-09-19 04:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक सैनिकको मृत्यु

जेठ २६, बर्दिया । आज दिउँसो १ बजे ठाकुरबाबा नगरपालिका–६ खैरीस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका प्युठ अनिल बूढा क्षेत्रीको मुत्यु भएको छ । 

दुर्घटनामा परी सख्त घाइते भएका बूढाको उपचारका लागि भुरीगाउँतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । उनी प्युठ रवीन्द्र धनाडीले चलाएको भे ४ प ५०६७ को मोटरसाइकलको पछाडि बसेर गएका थिए । 

दुर्घटना परी घाइते भएका चालक धनाडीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी कार्यालय बर्दियाले जनाएको छ । दुबैजना नसिङ्दल सुर्खेतमा दरबन्दी भई स्थानीय निर्वाचनमा खटिएका सैनिक हुन् । उनीहरु नेपाली सेनाको आम्बास चेकपोस्टमा कार्यरत जवान हुन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई