जेठ २८, वीरगंज | नेकपा एमाले, पर्साको सचिवालय बैठकले वीरगंज महानगरका वडा अध्यक्षहरूको नामावली तयार गरेको र चाडै सार्वजनिक गरिने जनाइएको छ । 

यसैगरी एमाले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २८, वीरगंज | नेकपा एमाले, पर्साको सचिवालय बैठकले वीरगंज महानगरका वडा अध्यक्षहरूको नामावली तयार गरेको र चाडै सार्वजनिक गरिने जनाइएको छ । 

यसैगरी एमाले"/>

२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेबाट वीरगंज महानगरपालिकाको मेयरमा बसरुद्दीन अन्सारी

२०७४, २८ जेष्ठ आईतवार १३:०७

जेठ २८, वीरगंज | नेकपा एमाले, पर्साको सचिवालय बैठकले वीरगंज महानगरका वडा अध्यक्षहरूको नामावली तयार गरेको र चाडै सार्वजनिक गरिने जनाइएको छ । 

यसैगरी एमाले केन्द्रीय कमिटीले नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारीलाई पार्टी प्रवेश गराउने निर्णयमा पनि सहमति गरेको  छ । डा. शर्माले सचिवालय बैठकबाट पार्टी प्रवेश र पार्टी केन्द्रीय कार्यालयले महानगर प्रमुखको उम्मेदवारमा अन्सारीलाई टिकट दिने सहमति भएको निर्णय गरेको बताउनु भयो ।

नगरप्रमुख तथा उपप्रमुखको टिकट केन्द्रबाट दिने हुनाले सचिवालयले केन्द्रीय निर्णयको स्वागत गर्ने निर्णय गरेको उनले बताउनु भयो । एमाले, पर्साले नगर प्रमुखको लागि चिरञ्जीवी आचार्य, सुन्दर कुर्मी र मनोज चौधरीको नाम सिफारिस गरी पठाएको थियो । 

मेडिकल कलेजका प्रबन्ध निर्देशक अन्सारी एमाले प्रवेशसँगै पार्टीबाट नगर प्रमुखका उम्मेदवार हुन लागेका हुन् । उनले एमाले प्रवेश गर्ने र वीरगंज महानगरको एमालेबाट नगर प्रमुखको प्रत्याशी हुने अंसारीले बताउनु भएको छ ।

यसैबिच नेशनल मेडिकल कलेजका प्रबन्धक/निर्देशक एवं समाजसेवी बसरुदिन अंसारीले वीरगंज महानगरपालिकाको वडा नं. २० हरपतगंजमा इफतारी एवं स्थानियबासीहरुसंग चुनावी छलफल कार्यक्रम सम्पन्न गर्नु भएको छ ।


मुस्लिम समुदायको महान पर्व रमदानको अवसरमा आज हरपतगंज स्थित मस्जिदमा नेशनल मेडिकल कलेजका एमडि बसरुदिन अंसारी, स्थानिय प्रवेज अंसारी, लालमहम्मद अंसारी, मेराज अंसारी लगायत स्थानिय मुस्लिम समुदायका रोजा गर्ने सर्वसाधारणहरुले सामुहिक रुपमा इफतारी गर्नु भएको छ ।

सो अवसरमा वीरगंज महागरपालिकाका नेकपा एमालेबाट मेयरका उम्मेदवार समेत रहनु भएका अंसारीले हुन लागेको स्थानिय तहको निर्वाचनमा आफुलाई सहयोग गर्न स्थानियबासीहरुसंग आग्रह समेत गर्नु भएको थियो । वीरगंज महानगरलाई नेपालकै नमुना शहर बनाउनेमा प्रतिबद्धता जनाउनु हुदै उहांले आफु मेयरमा निर्वाचित भए पछि स्थानिय युवाहरुको लागि मनोरञ्जन पार्क, खेलकुदको विकास, उच्चशिक्षा, बृद्धाश्रम, गरिबि न्युनिकरण, रोजगारीको व्यवस्था, नगरको सम्पूर्ण विकास गर्ने बताउनु भएको छ । वीरगंजलाई २४ घण्टा विद्युत परिपुर्ति गर्न सोलार पावरको व्यवस्था, सडकको स्तरोन्नती, सरसफाई, बजार व्यवस्थापनमा समेत ध्यान दिने बताउनु भयो । 

सो अवसरमा आकाश एफएमका एमडि आशिक अंसारी, मधेसी पत्रकारसमाज पर्साका अध्यक्ष श्रवण प्रसाद साह, पत्रकार नेहाल खान, अकलु यादव, संतोष पासवान, लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला