सम्राट सिंह/जेठ २९, बझाङ । बाल विवाह व्याप्त रहेको बझाङ जिल्लामा बाल विवाह न्युनिकरण गर्नका लागी धामी झाँकीहरु समेत लागी परेका छन् । 

विवाहका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सम्राट सिंह/जेठ २९, बझाङ । बाल विवाह व्याप्त रहेको बझाङ जिल्लामा बाल विवाह न्युनिकरण गर्नका लागी धामी झाँकीहरु समेत लागी परेका छन् । 

विवाहका"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा बाल विवाह हटाउन धामी झाँकीको पनि साथ

२०७४, २९ जेष्ठ सोमबार ०८:००


सम्राट सिंह/जेठ २९, बझाङ । बाल विवाह व्याप्त रहेको बझाङ जिल्लामा बाल विवाह न्युनिकरण गर्नका लागी धामी झाँकीहरु समेत लागी परेका छन् । 

विवाहका लागी देवता चलाउन, हात हेराउन आउनेहरु संग अहिले देवी देवताका धामीहरु र अन्य धर्मगुरुहरुले पनि बाल विवाह नगर्न सुझाव दिदै आएका छन् । युनिसेफको आर्थिक सहयोगमा निरन नेपाल संस्थाले जिल्लाका ५ वटा साविकका गाविस र देशभर ११ वटा जिल्लामा बाल विवाह न्यूनिकरणका लागी पहल गर्दै आएपछि यसमा सुधार भई रहेको छ  । 

संस्थाले हामीहरु लाई तालीम दिएपछि हाम्रो पनि विचार धारणामा सुधार आएको नवादेउ देवताका धामी देव बहादुर थापाले भने अहिले म पनि गाँउघरमा बाल विवाह छाउपडि हटाउन लागी परेको छु । उनले भने गाउँमा मानिसहरु विवाहको लागी के कस्तो छ भनि धामी चलाउन आउँदाँ उमेर नपुगेका लाई  विवाह रोक्न लगाएका छौ । 

थलारा कुच घर भएका धामी देव थापा जस्तै अन्य ज्योतीस तथा देवताधामीहरुले पनि छाउपडि पर्था  र बाल विवाहमा कमी ल्याउन जनचेतना दिदै छन्  । 

निरन संस्थाले सोमबार चैनपुरको एक होटलमा बाल विवाह अन्त्य गर्नका लागी धर्म गुरुको भुिमका विषयक संचारकर्मीहरु संग अन्तरकृया कार्यक्रम गरेको छ । कार्यक्रममा अन्र्तर धार्मिक राष्ट्रिय संञ्जालका लोकन्द्र विष्टले संस्थाले हाल सम्म जिल्लामा गरेको क्रियाकलाप वारे जानकारी दिए । 

बिष्ट जस्तै अन्र्तर धार्मिक राष्ट्रिय संञ्जालका राजु पुरकुटीले बाल विवाह न्यूनिकरण गर्ने कार्यक्रम बझाड जस्तै अन्य जिल्लामा पनि कार्यक्रम भएको जानकारी दिए । जिल्लाका संचारकर्मीहरुले पनि बाल विवाह न्यूनिकरणका लागी सरकारी गैरसरकारी निकाय संग काम गर्ने वताए । हाल जिल्लामा निरन संस्था जस्तै विभिन्न संघ संस्थाले पनि बाल विवाह तथा छुवाछुत सम्बन्धि गाउँ गाउँमा गएर विभिन्न जनचेतना मुलक कार्यक्रम गर्नाले बालविवाह, छाउपडी जस्ता सामाजिक कुरितीमा सुधार हुदै आएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला