2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा घर हिँडेकी महिलामाथी लुटपाट

सम्राट सिंह/कात्तिक १४, बझाङ । सदरमुकाम चैनपुरमा ३ दिनदेखि संञ्चालन भएको सुर्मादेवि मेला हेरेर घर फर्कने क्रममा महिला माथी लुटपाट भएको छ ।

जयपृथ्वी नगरपालिका ४ घर भएकी सरिता उपाध्यायलाई युवाहरुको समुहले बाहुलीगाड खोलाको पुल नजिकै शुक्रबार राती लुटपाट गरेको हो । बाटोमा एक्लै हिँडदै गरेकी सरितालाई पछाडीबाट ढुङगाले टाउकोमा हानेर बेहोस बनाएर उनी सँग भएको नगद रु ९० हजार साथै घाँटी र कानमा लगाएको गहना समेत लुटपाट गरेको उनका श्रीमान पूर्णराज उपाध्यायले बताए ।

सरिता लुटिएको खबर परिवारले जानकारी पाएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । बेहोस भएकी सरिताको टाउको र हात खुट्टामा गहिरो चोट रहेको जिल्ला अस्पताल बझाङले जनाएको छ ।

मेला हेर्न सदरमुकाम चैनपुर आएकी सरिताले शुक्रबार बैंकबाट पैसा निकालेकी हुँदा गाउँका स्थानिय युवाहरुले नै लुटपाट गरेको हुनसक्ने उनका परिवार स्रोतले जनाएको छ । घटनाबारे आफुलाई जानकारी भएको बताउदै प्रहरी निरिक्षक कमल बिष्टले घटनामा संलग्नको खोजी कार्य जारी रहेको बताए ।

दशै यता जिल्लामा चोरी, लुटपाटका घटनामा बृद्घि भएतापनि प्रहरीले अपराधिलाई नियन्त्रणमा लिन नसक्दा जिल्लामा अपराधिक क्रियाकलाप बढदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई