६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीको मधेसमा कस्तो छ चुनावी तयारी ?

३० जेष्ठ २०७४, मंगलवार ०१:५६

जेठ ३०, काठमाडौं । माओवादी केन्द्रले प्रदेश नम्बर २ मा ५० प्रतिशत उम्मेद्वार टुंगो लगाएको छ । 

‘करिब ५० प्रतिशत उम्मेद्वार चयन भइसकेका छन्, अब ५० प्रतिशतजति मात्र बाँकी छ,’ २ नम्बर प्रदेशका संयोजक विश्वनाथ शाहले भने । सोमबार मात्र माओवादीले जितपुर–सिमरा उपमहानगरपालिकाका सबै पदको उम्मेद्वार टुंगो लगाएको छ । मेयरमा राजन पौडेललाई उठाउने गरी माओवादीले सोमबार उम्मेद्वारी टुंग्याएको हो ।

बुधबारसम्म टुंगो लगाउने 

जिल्लास्तरबाटै उम्मेद्वार छनोटको विधि माओवादीले अवलम्बन गरेको छ । जिल्लाले मिलाउन नसकेको अवस्थामा मात्र प्रदेशले उम्मेद्वार छनोट गर्ने काम गरेको २ नम्बर प्रदेश इन्चार्ज मातृका यादवले बताए ।

‘हामीले जिल्लालाई नै मिलाएर उम्मेद्वार छनोट गर्ने जिम्मा दिएका छौं, नमिलेका ठाउँमा मात्र प्रदेश र केन्द्रले हेर्ने नीति बनाएका छौं’, यादवले भने, ‘केही ठाउँमा मिलेको छैन, बुधबारसम्म सबै ठाउँमा उम्मेद्वार छनोट भइसक्छन् ।’

तालमेलको होमवर्क पनि सँगसँगै

माओवादीले मधेसमा प्रगतिशील राष्ट्रवादलाई मान्ने शक्तिहरुको बीचमा चुनावी तालमेलको ‘होमवर्क’ पनि अगाडि बढाएको छ । मधेसी जनतालाई अधिकारसम्पन्न बनाउन तयार रहेका पार्टीहरुका बीचमा चुनावी तालमेलको गृहकार्य भइरहेको नेता यादवले बताए । ‘स्थानीयस्तरबाटै तालमेल कहाँ कसरी गर्दा उपयुक्त हुन्छ भन्ने रिपोर्ट प्रदेशलाई बुझाउन निर्देशन दिइएको छ , केही स्थानबाट आएका पनि छन्,’ यादवले भने, ‘सकभर उम्मेद्वार मनोनयनअगाडि नै चुनावी तालमेल मिलाउने गरी तयारी भइरहेको छ ।’

ठूला सभा नगर्ने 

माओवादीले निर्वाचन प्रचारप्रसारका लागि २ नम्बर प्रदेशमा ठूला चुनावी सभा भने नगर्ने भएको छ । केन्द्रीय कार्याल्यका तर्फबाट नेता नारायणकाजी श्रेष्ठलाई मधेस हेर्ने गरी जिम्मेवारी दिइएको छ । साना साना सभा र घरदैलोलाई नै केन्द्रित गरेर प्रचार अभियान व्यवस्थित बनाउँदै छौं,’ संयोजक शाहले भने । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या