2026-10-15 01:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाका होटेलहरुमा बालबालिकाले ल्याएको खाजा नास्ता बहिस्कार गर्ने निर्णय

नन्दराम जैशी/जेठ ३०, जुम्ला । जुम्लाका सरोकारवाला निकायले जिल्लामा संचालित होटेलहरुमा बालबालिकाले ल्याएको खाजा नास्ता बहिस्कार गर्ने निर्णय गरेका छन् । 

कुनै पनि निकायद्धारा होटेलहरुमा हुने कार्यक्रमका अवसरमा बालबालिकाले ल्याएको खाजा नास्ता नखाने जुम्लाका सरोकारवाला निकायले निर्णय गरेका हुन् । विश्व बालश्रम विरुद्धको दिवसका अवसरमा महिला तथा बालबालिकाको कार्यालयमा आज दिउसो बसेको बैठकबाट यस्तो निर्णय गरीएको हो ।

जिल्ला बाल कल्याण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाको अध्यक्षमा बसेको बैठकले बाल श्रमिक रहित होटल लेखेको साइनबोर्ड टास्ने जुम्लाका होटलहरुलाइ प्रोत्साहन गर्ने निर्णय गरेको छ । साथै स्थानिय निकाय र जिल्ला बाल कल्याण समितिको समन्वयमा जुम्लाका होटल, ग्यारेज र यातायातमा संयुक्त अनुगमन गर्ने र अनुगमन पछि बाल श्रमिक रहेको पाइएमा कानुन बमोजिम कारबाहि गर्ने निर्णय पारीत भएको महिला तथा बालबालिका कार्यालय जुम्लाका सुचना अधिकृत बिन्दु कँवरले बताउनुभयो ।

जिल्लाका जुनसुकै निकायमा बाल बालिकालाइ श्रममा लगाइएको पाइएमा देख्नुहुने जो सुकै ब्यक्तिले प्रहरी, प्रशासन, महिला तथा बालबालिकाको कार्यालय, संचार माध्ययम तथा अन्य सम्बन्धीत सरोकारवाला निकायलाइ जानकारी दिएर उद्धार कार्यमा सहयोग पुर्याउन अपिल गरीएको छ । 

देशभर बालश्रम विरुद्धको दिवस मनाइए पनि जुम्लामा भने हालसम्म के कति बालबालिकाले कुन कुन ठाँउमा बाल श्रमीकका रुपमा काम गरी रहेका छन् भन्ने तथ्यांक छैन । तर जुम्लाका होटल, ग्यारेज, सार्वजनिक यातायात लगाएतका स्थानमा बालबालिकाहरुले बाल श्रमिकका रुपमा काम गरीरहेको पाइएको छ ।    

यस वर्षको बालश्रम विरुद्धको नारा द्धन्द्ध र विपदमा बालबालीकालाई बालश्रमबाट संरक्षण गरौं भन्ने तय गरिएको थियो । बालश्रम विरुद्ध सामाजिक सचेतना र सरोकार बढाउने उद्देश्यले हरेक वर्ष जुन १२ तारिखमा यो दिवस मनाउने गरिन्छ ।  

नेपालमा डेढ लाख भन्दा बढी बालबालिका घरेलु श्रमिकका रुपमा कार्यरत रहेको विभिन्न तथ्याङ्कले देखाएका छन् । सन् २०२५ सम्ममा सबै प्रकारका बालश्रमको अन्त्य गर्ने सरकारको साझा लक्ष्य छ । यो लक्ष्य पुरा गर्न सबैको दायित्व महत्वपुर्ण हुने देखिएको छ ।     

जीवन निर्वाहका लागि जस्तोसुकै श्रममा संलग्न हुनुपर्ने बाध्यताले बालबालिकाहरु शारीरिक, मानसिक, सामाजिक, नैतिक तथा बौद्धिक समस्यामा पर्दै आएका छन् । आज सम्पन्न भएको बैठकमा जिल्ला स्थीत सरकारी तथा गैर सरकारी निकायका प्रमुख एंव प्रतिनिधि, प्रहरी, संचारकर्मि लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित