2026-10-15 01:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

मानवअधिकार वर्षपुस्तकको अर्धबार्षिक पूर्व समीक्षा कार्यक्रम जुम्लामा सम्पन्न

नन्दराम जैशी/जेठ ३०, जुम्ला । नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि संकलन गरिएका घटनाहरुको जेठ २९ गते सोमबार अर्धबार्षिक पूर्व समीक्षा कार्यक्रम जिल्ला सदरमुकाम खलंगामा सम्पन्न भएको छ । 

जनवरी देखि जुन महिनासम्म संकलन गरिएको मानवअधिकार उल्लघंन सम्वन्धीका  घटनाहरु माथि छलफल मार्फत पुष्टी गर्ने छुटेका घटनाहरुलाई समाबेश गर्ने उद्देश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) द्धारा अर्धबार्षिक पूर्व समीक्षा कार्यक्रमको आयोजना गरिएको हो । 

 समिक्षाको अबसरमा ईन्सेक जुम्ला प्रतिनिधि मानदत्त रावलले माघ महिना देखि हाल सम्म घटेकाद घटनाको बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो । घरेलु हिंसा, सामुहिक झगडा, बलात्कार, हत्या लगायत अन्य विषयमा संकलन गरिएका मानब अधिकार सम्बन्धी घटनाको बारेमा रावलले जानकारी गराउनु भएको थियो । 

अर्धबार्षिक पूर्व समीक्षा कार्यक्रमा गरिएको प्रस्तुति प्रति सुझाब दिदै विप्लब समुहका ईन्चार्जलाई थुना मुक्त गरिएको प्रशंगमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले स्थानीय तहको निर्वाचनलाई असर पर्ने गरी काम गरेकाले नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई थुनामा राखिएको स्मरण गराउदै उच्च अदालत सुर्खेत, इजलास जुम्लाको आदेशमा थुनामुक्त भएपनि मुद्दा चालु अवस्थामा रहेको बताउनु भयो ।

 जिल्ला स्तरमा शान्ति सुरक्षामा आघात पुर्याउने कसैलाई पनि छुट नभएको भन्दै यस विषयमा प्रशासन दत्तचित्त भएर लागी पर्ने उहाको भनाई छ । जुम्लाका विभिन्न समसायिक विषयमा भएका विबादहरुको समधान प्रक्रिया चलिरहेका हुनाले वर्ष पुस्तकमा नराख्न पनि सुझाब दिनुभयो । उहाले ईन्सेक लगायत मानव अधिकारका क्षेत्रमा काम गर्ने निकायहरुले मानव अधिकार संरक्षणका क्षेत्रमा गरेको कानम सरानिय रहेको भन्दै आगामी दिनमा कुनै पनि घटनाको अभिलेख राख्दा तथ्य पुर्ण हुनु पर्नेमा जोडदिनुभएको थियो ।

 उच्च अदालत सुर्खेत, इजलास जुम्लाका रजिष्टार माधवप्रसाद पौडेलले विधिको शासन पालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले इन्सेकले हरेक वर्ष मानवअधिकार उल्लघंनका घटनाहरुलाई संकलन गरी अभिलेख गर्ने गरेको भन्दै तथ्यांकमा आधारित हुनु पर्ने बताउनु भयो । साथै नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले स्थानीय स्तरसम्मका नागरिक सुसुचित हुने गरी जनचेतना जगाउनु पर्नेमा जोड दिनुभयो । नागरिक सचेत नभएसम्म हिंसा खेपेर बस्नुको विकल्प नरहेको  उहाँको भनाई छ ।

 महिला तथा बालबालिका कार्यालय जुम्लाका महिला निरिक्षक विन्दु कुवँरले जुम्लामा ुशने महिला हिंसा, बलात्कार, बाल हिंसा, घरेलु हिंसा लगायतका हिंसाहरुको विबरण संकलन गर्न पनि सुझाब दिनुभयो ।  

महिला हिंसाका घटनाहरु बढी नै घट्ने गरेको बताउदै हिंसाका घटना घटेपनि पहिला घरमा मिलेर बस्ने वातावरण बनाउनु पर्ने यदि त्यसो नहुन सकेको खण्डमा मात्र न्याय पाउन मुद्दाको रुपमा अगाडी बढाउनु विषयमा जनचततना दिनु पर्ने महिला विकास निरिक्षक कुँवरले बताउनु भयो र समीक्षा कार्यक्रममा प्रहरी प्रशासन राजनीतिक दल नागरिक समाज, पत्रकार सरोकारवाला निकायको सहभागिता रहेको कार्यक्रममा १० वटा घटनाको अधिलेख भएको जनाएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित