Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यबिधी सम्बन्धी अभिमुखीकरण सम्पन्न

२०७४, ३० जेष्ठ मंगलवार १२:२९

जेठ ३०, मकवापनुर । बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यबिधी एवम् बालमैत्री स्थानीय निकाय घोषणा सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम हेटौंडामा सकिएको छ । 

कार्यक्रम जिल्ला समन्वय समितिको कार्यालय मकवानपुरले आयोजना गरेको हो । 

कार्यक्रममा सहजकर्ता बिष्णुप्रसाद चौबे र जिल्ला शिक्षा अधिकारी बिरेन्द्रजंग थापाले सहजिकररण गरेका थिए । कार्यक्रमको समापन जिल्ला समन्वय समितिको कार्यालयका निमिक्त स्थानीय बिकास अधिकारी सोमराज तिमिल्सिनाको अध्यक्षतामा भएको थियो । 

कार्यक्रममा बालबालिकाको क्षेत्रमा क्रियाशील सरकारी, गैरसरकारी निकायका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

यसैबिच, बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यबिधी एवम् बालमैत्री स्थानीय निकाय घोषणा सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम हेटौंडामा शुरु भएको छ । कार्यक्रम जिल्ला समन्वय समितिको कार्यालय मकवानपुरले आयोजना गरेको हो । 

कार्यक्रमको उदघाटन जिल्ला समन्वय समितिको कार्यालयका स्थानीय बिकास अधिकारी नारायण मैनालीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा मुख्य सहजकर्ता बिष्णुप्रसाद चौबे, जिल्ला शिक्षा अधिकारी बिरेन्द्रजंग थापा, महिला तथा बालबालिका कार्यालय मकवानपुरकी प्रमुख महिला बिकास अधिकृत शोभा शाह, रामचन्द्र पाठक, सञ्जय ठाकुरले सहजिकररण गरिरहेका छन् । कार्यक्रममा साबिकको फाखेल, छतिवन, झिमफेदी, आमभञ्ज्याङ्ग र कोगटे गाबिसका वडा अध्यक्ष, बाल क्लब सञ्जालका पदाधिकारी, सामाजिक परिचालक, वडा नागरिक मञ्चका संयोजक लगाएतको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी