2026-09-19 02:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा पत्रकारले राजीनामा दिन थाले

जेठ ३१, उदयपुर । स्थानीय तहको चुनावमा कुनै पनि पदको उम्मेदवार बन्नका लागि पत्रकारले पत्रकार महासङ्घको पदाधिकारी भए अनिवार्य रुपमा राजीनामा दिनुपर्ने पत्रकार महासङ्घ केन्द्रीय कार्यालयले निर्देशन जारी गरेपछि उदयपुरमा केही पत्रकारले सङ्घको प्रतिनिधिबाट राजीनामा दिन थालेका छन् । 

नेपाल पत्रकार महासङ्घ शाखा उदयपुरमा हालै सदस्य निर्वाचित भएका सङ्घका सदस्य सुपराज राईले मङ्गलबार सङ्घको वर्तमान कार्यसमितिको सदस्यबाट राजीनामा दिएको पत्रकार महासङ्घ उदयपुरले बताएको छ । राईले त्रियुगा नगरपालिका–१० बाट दोस्रो चरणमा हुन गइरहेको स्थानीय तहको चुनावमा वडा सदस्यको उम्मेदवार बनेपछि आफूले पत्रकार महासङ्घ केन्द्रको निर्देशनलाई पालना गर्दै राजीनामा दिएको बताउनुभएको छ । 

सङ्घका वर्तमान कार्यसमितिका अर्का सदस्य तथा रेडियो त्रियुगा एफएमका प्रमुख समाचारदाता ईश्वर बलाम्पाकी मगरले पनि राजीनामा दिने तयारीमा हुनुहुन्छ । मगरले त्रियुगा नगरपालिका–१६ बाट वडा सदस्य पदमा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार दिने कारण सङ्घको केन्द्रीय नीति र निर्देशनलाई पालना गर्दै राजीनामा दिन लागेको बताउनुभयो । 

अन्यमा सङ्घका वर्तमान कार्यसमितिका अर्का सदस्य यमकुमार राईले पनि त्रियुगा नगरपालिका–७ खाँबुबाट वडाध्यक्षमा उम्मेदवार बन्ने र अर्का सङ्घका कोषाध्यक्ष विश्वराज तामाङले पनि त्रियुगा नगरपालिका–१० बाट वडा सदस्यको उम्मेदवार बन्नेभएका कारण अब राजीनामा दिनुपर्ने पत्रकार महासङ्घ उदयपुरका अध्यक्ष भरत खड्काले बताउनुभयो । 

सुपराज राई नेकपा (माओवादी केन्द्र)बाट वडा सदस्यका उम्मेदवार बन्नुहुने भएको छ भने ईश्वर मलाम्पाकी मगर नेकपा (एमाले)बाट वडा सदस्यका उम्मेदवार हुन् । यस्तै, तामाङ र यमकुमार नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्ष र सदस्यका उम्मेदवार रहेको पनि सङ्घका अध्यक्ष भरत खड्काले बताउनुभएको छ । 

उदयपुरबाट चारजना पत्रकार स्थानीय तहको चुनावमा उम्मेदवार बनेका छन् । महासङ्घले महासङ्घमा आबद्ध प्रतिनिधि भए स्थानीय तहको चुनावमा उम्मेदवार बन्नका लागि अनिवार्य रुपमा राजीनामा दिनुपर्ने र दुई पदमा रहन नपाइने प्रावधान गरेपछि उदयपुरमा दश वर्षदेखि पत्रकारिता गर्दै आएका युवा पत्रकारले धमाधम पत्रकारिता पेसा छाडेर स्थानीय तहको उम्मेदवारीमा सहभागी हुँदै धमाधम राजीनामा दिन थालेको सङ्घका अध्यक्ष खड्काले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई