डिवि विष्ट, कार्तिक २६, बझाङ / बालेको दीयो बाट आग लागी हुदा ४२ लाख बराबरको क्षति भएको छ । घरमा पुजा गरी बालेको दियो बाट आगलागी हुदां सुनकुडा गाविस ३ घर भै खिरातडी गाविस ७ विजगडामा फेन्सी पसल गरी बस्दै आएका विजय अवस्थीको फेन्सी पसलमा आगलागी हुदाँ ४२ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

दियो बाट अचानक आगलागी हुन गै विजय अवस्थिको पसलमा राखेको फेन्सी कपडा,दैनीक उपभोग्यका सामानहरुका साथै मदीरा जन्य पदार्थहरु जलेर नष्ट भएको ईलाका प्रहरी कार्यलय बुंगलका प्रहरी नायब निरीक्ष लालमणी जोशीले बताउनु भयो । राती ९ बजे लागेको आगो बुंगल बाट खटी गएको १५ जनको प्रहरी टोली स्थानीले राती करीब १२ बजे नियन्त्रणमा लीएको प्रनानी जोशीले जानकारी दीनु भयो ।

अवस्किो पसलमा आगो लागे पछि अन्य नजीकै रहेका पसलमा आगो नलागोस भन्नको लागी अन्य पसलहरु फोडी सामान सुरक्षीत ठाँउमा राखेको थियो । आगलागी बाट मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।