प्रभात सुवेदी । जेठ ३१, बर्दिया ।

बगलामुखी राधाकृष्ण थारु मा.वि. को कक्षा ३ मा पढ्ने विवेक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । जेठ ३१, बर्दिया ।

बगलामुखी राधाकृष्ण थारु मा.वि. को कक्षा ३ मा पढ्ने विवेक "/>

२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

कक्षा ३ का विवेकले आँखा नदेखेपछि

२०७४, ३१ जेष्ठ बुधबार १३:०९

प्रभात सुवेदी । जेठ ३१, बर्दिया ।

बगलामुखी राधाकृष्ण थारु मा.वि. को कक्षा ३ मा पढ्ने विवेक तिवारीलाई मञ्चमा बोलाईयो तर उनी दौडिँदै पर गएर लठ्ठी लिएर आए अनि चश्मा लगाए । त्यसपछि जेष्ठ मानिस जस्तै आँखा नदेखेर हिडेको अभिनय गरे । उनलाई उनका साथीहरुले सोधे : बा ! कहाँ जान लाग्नुभएको नि ? उनले बुढ्यौली पारमा जवाफ दिए, परसम्म जान लागेको नि । ल उसोभए तपाईलाई हामी पु¥याइदिन्छौं नि ल हिँड्नुस् । 

यो अभिनयको दृश्य गुलरिया स्रोत केन्द्रमा प्रारम्भिक पढाई कार्यक्रम अन्तर्गत बालबालिकाहरुमा पठन सिपको विकास गर्नका लागि आयोजित गरिएको स्रोत केन्द्र गुलरियाको पढाई उत्सव कार्यक्रममा बालबालिकाहरुले प्रस्तुत गरेको नाटकको थियो । नाटक करिव २ मिनेटमा नै सकियो तर साना बालबालिकाहरुले देखाएको यो नाटकको मर्म भने निकै अनुकरणीय थियो । जेष्ठ, अपाङ्ग, असहायलाई सहयोग गर्नुपर्छ भन्ने आशय यो नाटकले व्यक्त गरको थियो । 

यति मात्रै हैन गुलरिया स्रोतकेन्द्र अन्तर्गत रहेका विभिन्न विद्यालयहरुबाट सहभागी भएका कक्षा १ देखि ३ सम्मका बालबालिकाहरुले आफ्नो पठनकलाका साथमा गीत, कविता, कथा, नृत्यहरु प्रस्तुत गरे । बालमन्दिर प्रा.वि. का धिरज विसी, बसन्त बुढा, पार्वती थापा, सावरा दर्जी, अन्जना थापा, सुनिता ठाकुरले कक्षा २ को कक्षागत गीत गाए । परमानन्द प्रा.वि. कक्षा ३ की मैनाज नाउले कथा वाचन गरिन् । ध्रुब मा.वि. तुल्सीपुरको कक्षा ३ मा अध्ययन गर्ने सुनिल चौधरीले पनि पुस्तक पढे । यसैगरी गोरखकाली प्रा.वि. कालीनगरका अस्मिता वि.क. र पूर्णीमा परियारले पनि पुस्तकमा भएको कविता वाचन गरे भने बगलामुखी राधाकृष्ण थारु मा.वि. कक्षा १ कि सुमिरा गोडियाले सुन्दर चित्र बनाएर प्रदर्शन गरिन् ।  

यूएस एडको सहयोगमा नेपाल सरकारको कार्यक्रम राष्ट्रिय प्रारम्भिक पढाई कार्यक्रम अन्तर्गत जिल्ला शिक्षा कार्यालय, स्रोत केन्द्रको गुलरियाको आयोजनामा आज जिल्ला सदरमुकाम गुलरियाको बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयमा आयोजित स्रोत केन्द्र स्तरीय पढाई उत्सवमा सहभागी भएर बालबालिकाहरुले पढ्न, नाच्न, गीत गाउन, कथा वाचन गर्न पाएकोमा निकै खुशी देखिन्थे । 


सधैं रमाईलो मेला, पशु मेला मात्रै हुने तर पढाइको पनि मेला हुने रहेछ जसबाट बालबालिकाहरुलाई पठन सिपको बिकास गर्न सकिने रहेछ भन्ने ज्ञान दिन सकेमा बालबालिकाहरुको ज्ञान र सिकाइको दायरा फराकिलो हुने भन्दै यस प्रकारका कार्यक्रमहरु कक्षा कोठामा समेत सञ्चालन गर्न सकेमा बालबालिकाहरुको सिकाइ अत्यन्तै प्रभावकारी हुने कुरा कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक वीर बहादुर धामीले बताउनुभयो । 


स्रोत केन्द्रका विभिन्न विद्यालयहरुबाट आएका बालबालिकाहरुले पठन सामग्रीहरु सहितको स्टल राखेर पढेका थिए । केही समय अतिथिहरु, अभिभाकहरु, विद्यार्थी तथा शिक्षकहरु लगायतले स्टलको अवलोकन तथा बालबालिकाहरुलाई पठन सिपका बारेमा सहजीकरण समेत गरिएका थिए । स्टलहरुमा पढन सिपको विकास तथा पढाईको महत्वका बारेमा सचेतनामूलक जानकारीहरु समेटिएका व्यानरहरु समेत राखिएका थिए भने पूर्व राष्ट्रपति रामवरण यादलले पुस्तकको महत्व र आफ्नो बाल्यकालका बारेमा चर्चा गरेको श्रवणीय सामग्री बजिरहेको थियो । यस्तै अन्य जिङ्गलहरु पनि लगातार बजिरहेका थिए । 

आतिथ्य विद्यालयका प्रधानाध्यापक भेजेन्द्र बहादुर थापाको अध्यक्षतामा सम्पन्न उत्सवमा स्रोत व्यक्ति विमला गुरुङ्गले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो भने प्रधानाध्यापकहरु मुकुन्द ज्ञवाली, मोतीराम शर्माले पढाईको महत्व र आवश्यकताका बारेमा चर्चा गर्नुभएको थियो । 

पढाई उत्सवमा सहभागी विद्यालयका विद्यार्थीहरुलाई स्टेसनरी सामग्रीहरु समेत वितरण गरिएको थियो ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ