2026-09-08 06:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मकवानपुरको पश्चिमी राक्सिराङ गाउँपालिकालाई संरक्षित क्षेत्र घोषणा

जेठ ३१, मकवापनुर | मकवानपुरको पश्चिमी राक्सिराङ गाउँपालिकालाई संरक्षित क्षेत्र घोषणा गरिएको छ । बुधबार गाउँपालिकाको केन्द्र चैनपुरमा  गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा बसेको गाउँ कार्यपालिकाको पहिलो बैठकले उक्त निर्णय गरेको हो । 

चेपाङ बाहुल्य रहेको राक्सिराङलाई संरक्षित क्षेत्र घोषणा गर्दै अनुमोदनको लागि नेपाल सरकारको प्रान्तीय तथा संघीय सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको कार्यकारी अधिकृत राजु आचार्यले बताउनुभयो । राक्सिराङ गाउँपालिकामा सिमान्तकृत चेपाङ जातिको बाहुल्यता रहेको र उनीहरु भोक रोग, गरिवी तथा अशिक्षा र कुरितीका कारण जंगली युगमा झैं जीवनयापन गर्न बाध्य भएकाले पहिलो बैठकले संरक्षित क्षेत्र घोषणा गरिएको बैठकको निर्णयमा उल्लेख छ । गाउँपालिकाले घोषणा गरेको संरक्षित क्षेत्रलाई विषेश अधिकार सहित अनुमोदन गर्न प्रान्तीय तथा संघीय सरकारसँग अनुरोध गर्ने निर्णय भएको  कार्यकारी अधिकृत आचार्यले बताउनुभयो । ५० प्रतिशत बढि चेपाङ जातिको बसोबास रहेको राक्सिराङ गाउँपालिकामा गत वैशाख ३१ को स्थानीय निर्वाचनबाट चार वडा अध्यक्ष सहित २२ जना चेपाङ जनप्रतिनिधि निर्वाचित हुनुभएको थियो । साथै बैठकले गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाको केन्द्र चैनपुरदेखि पूर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरीसम्म छ किमि सडक बिस्तार गर्ने निर्णय गरेको छ । 

सडक निर्माणको लागि तत्काल डिपिआर गर्न डिभिजन सडक कार्यालय मकवानपुरसँग अनुराध गरी कार्य थाल्ने निर्णय भएको छ । बैठकले राक्सिराङ गाउँपालिकादेखि मनहरी गाउँपालिकाको सिमानासम्म रहेको मनहरी खोला र गोराङ्दी खोलामा नदीजन्य पदार्थ उत्खनन्मा रोक लगाएको छ । गाउँपालिकाको क्षेत्रभित्र जथाभावी भू–उत्खनन् गर्दा वन तथा वातावरणमा प्रतिकुल असर पर्दै गएकाले मेसिनी औजारहरु प्रयोग गरी भू–उत्खनन् गरी नदीजन्य पदार्थ निर्यात गर्न रोक लगाएको कार्यकारी अधिकृत आचार्यले बताउनुभयो । मनहरी र गोराङ्दी खोलामा जथाभावी नदीजन्य पदार्थ उत्खनन् हुँदै आएको छ ।साथै बैठकले राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरमा कायम राख्ने बैठकले निर्णय गरेको छ । आर्थिक वर्ष २०७४÷७५ र २०७५÷७६ को लागि अल्पकालिन र दिर्घकालिन योजनाहरु छनौट गरी वडा कार्यालयहरुले २०७४ असार १५ भित्र पेस गर्ने निर्णय भएको कार्यकारी अधिकृत आचार्यले बताउनुभयो । चैनपुरमा गाउँपालिकाको भवन नभएकाले तत्कालको लागि प्रजा जागृति आधारभूत विद्यालयको छात्रावास भवन पुर्ननिर्माण गरी सञ्चालन गरिने भएको छ । बैठकले कार्यालय भवन नभएका वडाहरु १,२,५,४ र ८ लाई तत्काल कार्यालय भवन(ट्रस) निर्माग गरी कार्यालय सञ्चालन गर्न प्रति वडा पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ । बैठकमा गाउँपालिका उपाध्यक्ष निर्मला हिमडुङ,सदस्य तथा वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग